Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

मोरङ – मोरङको विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पतालमा) का थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

बुधबार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेरका ५८ जनाको पीसीआर जाँच गर्दा चार जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ । २१, ३०, ३१ र ५६ वर्षीया नर्सिङ स्टाफमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल सञ्चालकलाई कोरोना पुष्टि भएपछि उनीहरु क्वारेन्टाइनमा थिए । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा भर्ना गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् । अस्पताल सञ्चालकलाई भने काठमाडौं लगिएको छ ।

यस्तै कोशी अस्पताल विराटनगरले संक्रमित नर्सले काम गरेको पोष्ट नेटल वार्ड शिल गरेको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले वार्ड शिल गरेर स्वाब संकलन गरिने जानकारी दिंदै भने, ‘आजै रिपोर्ट आउनेगरी परीक्षण गर्छाैं ।’

यता विराट नर्सिङहोम र विराट मेडिकल कलेजमा कार्यरत कर्मचारीले सबैको कोरोना जाँच गर्न माग गरेका छन् । नर्सिङहोममा २५० बढी कर्मचारी कार्यरत छन् । उनीहरुमध्ये पहिलो चरणमा ५८ जनाको स्वाब संकलन गरिएको थियो ।

तपाईको प्रतिक्रिया