Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – प्रहरी प्रधान कार्यालयको सवारी व्यवस्थापन शाखामा कार्यरत एक हवल्दारसहित चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नक्सालस्थित सवारी शाखामा कार्यरत एक हवल्दार तथा सञ्चार निर्देशनालयमा कार्यरत तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

तर, प्रहरी मुख्यालयले यसबारे आधिकारिक सूचना सार्वजनिक गरिसकेको छैन । उनीहरुमा ज्वरोसहितका लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । मुख्यालय उच्च स्रोतका अनुसार थप अन्य केहीमा पनि संक्रमणको आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया