Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – कोभिड-१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन् । ९८ प्रतिशत संक्रमित लक्षण नभएका पाइएका थिए भने अहिले पछिल्लो समय लक्षण सहितका संक्रमित देखिन थालेको छ ।

नयाँ संक्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । संक्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेको छ ।

उनका अनुसार राजधानी उपत्यकामा देखिएका १६ मध्ये नौ जनामा लक्षण देखिएको छ । ‘पहिले देखिएका संक्रमितमा लक्षण देखिएको थिएन” उनले भने, “तर अहिले देखिएका सङ्क्रमितमा कोभिड-१९ का लक्षण देखिन थालेका छन् ।’ लक्षण देखिएका संक्रमित भेटिन थालेपछि सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ ।

नेपालमा अहिलेसम्म १८ हजार ३७४ संक्रमित मध्ये ७०.५ प्रतिशत अर्थात् १२ हजार ९४७ जना निको भई घर फर्किसकेका छन् । मृत्यु भएका ४४ जनामा पनि दीर्घरोगी, वृद्धा, गर्भवती महिला छन् । अहिले पाँच हजार ३८३ जना उपचारत छन् ।

तपाईको प्रतिक्रिया