काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३३ थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ३ ७४ पुगेको छ ।