आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – समाजसेवी कमलबहादुर राजलवटले स्वास्थ्यका लागि बहुउपयोगी गुर्जो जातको ३ क्रेट बेर्ना आज नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई हस्तान्तरण गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय लाहानमा कार्यरत राजलवटले गुर्जो हस्तान्तरण गर्दै यो बहुउपयोगी औषधी शुरुमा एकलाख बेर्ना वितरण गर्ने लक्ष भएतापनि अब आवश्यकता पर्नेहरुलाई निशुल्क वितरण गरिने बताए ।

रुघा खोकी, सबै प्रकारका ज्वरो लगायतका लागि उपयोगी रहेको भन्दै गुर्जो रोप्न मेहनत र लागत कम रहेको बताए । करेसाबारी, कौसी तथा घाम लाग्ने जुनसुकै स्थानमा गुर्जो रोप्न सकिने उनले बताए ।

स्वास्थ्यका लागि बहुउपयोगी गुर्जोका विरुवा निशुल्क वितरण गर्ने अभियानमा लागेका राजलवटलाई महासंघका अध्यक्ष आचार्यले धन्यबाद ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया