बुधबार, जेठ ०९, २०८१
Wednesday, May 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदै छ । टियु मैदानमा हुने यो खेल अपरान्हका १२: १५ बजेदेखि शुरु हुने छ । यसअघि शनिबार सम्पन्न खेलमा नेपालले ४ विकेटले शानदार जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ । वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिम छानेको छ ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । नेपालले सिरिजको तेस्रो खेल खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।

तपाईको प्रतिक्रिया