आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – विश्वभर फैलिएको कोरोनाभाइरसले जापानमा अहिलेसम्म १९ हजार ९० जनामा संक्रमण गरेको छ भने ९९० जनाको (डाइमण्ड प्रिन्सेस क्रुजका यात्रुहरुसहित) ज्यान लिएको तथ्यांक छ ।

स्वास्थ्य मन्त्रालय अनुसार जापानमा अहिलेसम्म १७ हजार ४३० जना निको भई घर फर्कन सफल भएका छन् ।

हिजो बिहिबार टोकियोमा १०७, साइतामामा १९ जना, खानागावामा ११ जना, चिवा ११ जना, खागोसिमामा ९ जना, होक्काइदोमा ८ जना, ओसाकामा ८ जना, फुकुओकामा ४ जना, क्योटोमा ३ जना, गिफुमा ३ जना, तोचिगीमा २ जना, इबाराकीमा २ जना, ओकायामामा २, तोयामामा १ जना, ह्योगोमा १ जना, तोत्तोरीमा १ जना र एयरपोर्ट क्वारेन्टाइनमा २ जना गरी जापानभरमा १९४ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

यसैबीच होक्काइदोमा १ जना संक्रमितको निधन भएको छ ।

पछिल्ला केही दिनमा संक्रमणदर निक्कै आक्रमक रुपमा बढ्न थालेको देखिन्छ ।

तपाईको प्रतिक्रिया