आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – प्लास्टिकले आधुनिक मानव जीवनमा धेरै नै सुविधा प्रदान गर्दै आएको चीज हो । हामी बस्ने देश विकासित होस् या अविकासित, आयलबाट उत्पादन गरिने यो चीजबाट बनेको कुनै पनि सामान नभएको घर कल्पना गर्नु नै गह्रो छ।

जापानमा पनि प्लास्टिक झोला निकै प्रयोग हुने चलन छ । तर जुलाई १ देखि सरकारले प्लास्टिकका झाेलामा निर्देशिका जारी गरेको छ । अब प्लास्टिक झोला नि: शुल्क वितरण बन्द गरिएको छ ।

किन शुल्क लिइनेछ ?

यसको पछाडी व्यापारीहरूको रहर मात्र भएको होइन । प्लास्टिक उपयोगी चीज भए तापनि त्यसलाई नष्ट गर्न भने चुनौतीपूर्ण नै छ । फालिएको प्रायजसो प्लास्टिक अन्तमा समुद्रमा पुग्छ र थुप्रै माछा, चरा अनि काछुवा जस्तो जीवजन्तुले झुक्केर त्यसलाई खाएका छन् या पौडिंदै गर्दा त्यसले बेह्रिएका छन् अनि ज्यान गुमाएका छन् । उचित तरिकाले नष्ट नगरिएर समुद्रमा पुग्ने प्लास्टिकहरूको अनुमानित तौल वर्षेनी ८० लाख टन पुग्छ ।

साथै माइक्रप्लास्टिकको कुरा पनि छ । माइक्रप्लाष्टिक भनेको प्लास्टिकको ५ mm भन्दा सानो टुक्रा हो । पानीमा मिसिएको यसतै स-साना प्लाष्टिक माछाको पेटमा पस्न सक्छ अनि मासुमा रहन सक्छ । त्यसलाई हामीले खाइरहेको पनि हुन सक्छ । यद्यापी माइक्रप्लाष्टिकले हाम्रो स्वास्थ्यलाई के-कस्तो नोक्सान गर्नेछ भन्ने कुरा चाहिँ अझै अनुसन्धानको क्रममा छ ।

त्यसैले प्लाष्टिकको कम प्रयोग गर्नु जुरुरी मानिएको छ । यस्तै कारणले गर्दा जापान सरकारले नयाँ नियम बनाएको हो । प्लास्टिक झोलाको शुल्का लाग्ने भए पछि धेरैजनालाई प्लास्टिक चीजको कम प्रयोग गर्नु पर्ने या रिसाइक्ल गर्नु पर्ने कुराप्रति ध्यानाकर्षण गर्न प्रभावकारी हुने मानिएको छ ।

त्यसैले  अबदेखि  Family Mart, Lawson, 7 Eleven जस्ता अन्य कोङ्बिनी(कन्भिनियन्स स्टोर)मा नि: शुल्क पाइने  प्लास्टिक झोलाको १ देखि ५ येन सम्म शुल्का लिइनेछ ।

(न्युज अफ एसियाबाट)

 

तपाईको प्रतिक्रिया