Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौ – बिश्व्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को नकारात्मक मुलुकको अर्थतन्त्रमा परेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक बर्षको १० महिनाको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी प्रतिवेदन अनुसार पछिल्लो १० महिनामा ८२ अर्ब छ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्र बैंकले आज मंगलबार सार्वजनिक गरेको १० महिनाको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी प्रतिवेदन अनुसार कुल वस्तु निर्यात चार दसमलव पाँच प्रतिशतले वृद्धि भई ८२ अर्ब छ करोड रुपैयाँ पुगेको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १८ दसमलव नौ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ १६ दसमलव एक प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ३८ दसमलव छ प्रतिशत र १४ दसमलव छ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, कागज तथा नेपाली कागजका वस्तु, प्लाष्टिकका भाँडा, एम.एस. पाइप, लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा अन्य धागो, ऊनी गलैंचा, जुस लगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा कुल वस्तु आयात १३ प्रतिशतले घटेर १० खर्ब २५ अर्ब १४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९ दसमलव छ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत,चीन तथा अन्य मुलुकबाटभएको आयात क्रमशः १७ दसमलव पाँच प्रतिशत, सात दसमलव छ प्रतिशत, र दुई दसमलव नौ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेललगायतका वस्तुको आयात बढेको छभने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस. बिलेट,सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ बीरगंज, विराटनगर र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । आर्थिक वर्ष २०७६-७७ को दश महिनामा कुल वस्तु व्यापार घाटा १४ दसमलव दुई प्रतिशतले घटी भई नौ खर्ब ४३ अर्ब ७ करोड कायम भएको छ ।

गत वर्षको सोही अवधिमा यस्तो घाटा १९ दसमलव सात प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात छ दसमलव सात प्रतिशत रहेको थियो ।

तपाईको प्रतिक्रिया