Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

एउटा दलित अल्लारे ठिटो ठकुरी केटीसँग बर्षौ प्रेममा परिरह्यो । पवित्र प्रेम थियो होला यि दुवै प्रेमिल जोडिहरुको । थाहा नहोला सायद तिनीहरुलाई जसले प्रेम गरेका छैनन् या भनौ प्रेम महसुस गर्ने त्यस्तो सौभाग्य नै पाएनन् जिवनमा । तर जसले लामो समय माया र प्रेममा डुलुल्की मार्ने सौभाग्य प्राप्त गरे यि जोडीहरुले जस्तै तिनिहरुलाई मात्रै मायाको मूल्य थाहा होला कति अमूल्य हुन्छ भनेर ।

संसार यदि प्रेम नै प्रेमले भरिएको हुँदो हो या जातित्वको दुर्गन्ध नहुँदो हो त यो निकृष्ट समाज कति सुन्दर हुन्थ्यो होला सायद ? धर्मशास्त्रीय मान्यतालाई साक्षी राख्ने हो भने पनि छुवाछुतको कतै बर्णन पाईदैन भन्दछन् शास्त्राचार्यहरु पनि । जात नमिलेको भन्दै गाँउले सबै मिली लखेट्न खोज्दा भिड समाल्न नसकी हत्याको विकराल रुप लिन पुग्यो सायद ।

मोहनप्रसाद खतिवडा

हालसालै पश्चिम रुकुमको चौरजहारीमा घटेको घटनाले समाज, सामाजिक संजाल अनि सर्वसाधारणको मस्तिष्क तताएको छ।सामाजिक सञ्जालहरुमा ह्वालह्वाल्ति पोखिएका छन् जनमानसका विचारहरु । कतै केटाकै दोष थोपरिरहेको छन् त कहि केटी पक्षको ।

ईतिहास पढ्दै गर्दा लाग्थ्यो मेरो समाज कति शोषक, सामन्ति र क्रुर थियो तर आज हेर्दै गर्दा लाग्छ मेरो समाज झनै घृणित, हत्यारा र अझै सामन्ति बन्दैछ जस्तो । यस्तै घटनाहरुको बिकास दिनानुदिन भईरहेछ समाजमा । कानूनका ठेलीहरुमा छुवाछुत र दलित भनेर पक्षपात गर्न नहुने या गरेमा जघन्य अपराध हुने भाषाहरु लेखिदै गर्दा आज त्यहि लेखिएकै समाजमा यस्ता घृणित अपराध या दलितले गैर–दलित भनाउँदासँग प्रेम गर्दै गर्दा सिंगो समाज नै अरिंगाल खनिए जस्तै गरि हत्या गर्न तयार भयो ।

घटना एउटा दलित युवक गैर–दलित युवतीसँग प्रेममा पर्छ। यिनीहरुको प्रेम झाँगिदै जान्छ । संसारका माया गर्ने जोडिहरुले जस्तै यिनीहरुले पनि माया गर्छन् एक अर्कामा । मायामा कति रोए होलान् त कैयौ पटक हाँसेका होलान् । कैयौ पहाडका घुम्तिहरुमा सँगै उकाली चढे होला ओराली झरे होलान् । कतै भावनाहरु एक अर्कामा साटासाट गरे होलान् । कति मिठो सपना साँचिरहेका थिए होलान् सँगै जिउने अनि सँगै मर्ने भनेर।

अब एकपटक कोल्टे फेरौ त अर्को दृष्य पनि त यहाँ देखिन्छ । दुवै केटाकेटी बिच प्रेम थियो यो दुवै तर्फका अभिभावकलाई थाहा थियो। केटी आफ्नो प्रेमीको घरमा बेला बखत जाने र बस्ने गर्थिन् । सायद यो पनि दुवै पक्षमा थाहा हुनै पर्छ । अन्यथा उमेर नपुगेकी छोरी एक रात घर नआउँदा परिवारले किन खोजी गर्दैनथ्यो ? अनि सामाजिक सन्जालमा धेरै बिरोध गरिएको बिषय बन्यो आफ्नै प्रेमिका भगाउन किन दलबलसहित गए त केटा ? अस्विकृत स्थलमा जवर्जस्ति बटालियन बोकेर गएपछि भिडमा अपराध त हुन्छ नै । तर किन हत्यामै उत्रियो त पूरै समाज ? केटा आफ्नै मात्रै रहरले गएका देखिएनन् प्रेमिकाले आउनु भनेपछि साथीहरु सहित त्यहाँ पुगेका रहेछन् ।

यो जघन्य अपराध हो । जातित्वको विषयलाई लिएर यसरी समाजमा अपराध बढ्ने हो भने निकट भविष्यमा नै जातिय द्वन्दले देश सखाप बन्न सक्छ । सामाजिक विकृति र विसंगतीलाई चिर्न नसक्नु नै वर्तमान घटनाको परिदृष्य देखिन्छ । यस्ता कुराहरुमा ख्याल गर्नैपर्छ नागरिक अनि राज्यले । एउटा नागरिक दलित भएकै कारण सम्पूर्ण कुरामा छुट हुनु पर्छ भन्ने मानसिकता पनि त्याग्नुपर्दछ भने अर्कातिर आफूलाई माथिल्लो जात भन्नेहरुले पनि यस्ता निच र घटिया सोच आजैबाट त्याग्नु पर्दछ ।

संसार २१ औं शताब्दीमा आईपुग्दा पनि हामी भने मानव–मानव वीच अझैं पनि भेदभाव र छुवाछुतमा यस्तै गैरकानूनी कृयाकलाप र अमानवीय कार्यहरु गरिरहेका छौं । मानौ ठीकै छ पूराना पुस्ताहरुले त सधिऔं देखि जकडिएको यो छुवाछुतको जालो पन्छाउन सक्दैनन् या सकेनन् नै तर हामी पढेलेखेका युवा पुस्ताहरुले चाहि यस्तो कुरा नकार्नै पर्छ ।

ईतिहासमा के थियो त्यता तिर नजाउँ, वर्तमान र भविष्य कस्तो बनाउने हो अब हामी युवाको कदम त्यतातिर चल्नुपर्छ । तर उँचो जात भन्नेहरुले आफ्नो घरमा प्रवेश रोक लगाउँदै गर्दा दलित समुदायले पनि उँचो जातकालाई घर प्रवेशमा रोक लगाउन सक्ने स्वतन्त्रता चाहि दुवैमा हुनै पर्छ । यो भने व्यक्तिगत स्वतन्त्रता भित्रै पर्दछ ।

यो घटनामा हताहतमा एकमात्र नभई धेरैकै मृत्यु भएकाले केटापक्षका परिवारहरुमा ठूलो चोट परेको । यो घटनाले उता केटीको मानशिकतामा पनि असर पर्ने देखिन्छ । अबको कदम यसै घटनालाई लिएर देशमा जातिय विध्वंसको बिउ रोप्नु भन्दा घटनाको उचित छानविन गरि दोषीलाई हदैसम्मको कार्वाही गर्दै पिडित पक्षलाई राज्यको तर्फबाट आजिवन राहत दिनै पर्दछ । दोषीलाई कारवाही हुन्छ । मानिस मरेर जान्छ अनि सकिन्छ । यसरी नै समाज चलिरहने हो भने हामी कुन दिशातिर जाँदैछौ त ?

अब उपरान्त यस्तै घटना दोहोरिन नदिन राज्यको तर्फबाट नयाँ र उचित कदम चालिनै पर्छ । मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै यस्ता अमानविय घटना हुन नदिन राज्यले नयाँ तरिका अपनाओस् भनि अपिल समेत गर्दछु । ***

तपाईको प्रतिक्रिया