Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

बैंकक – थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज इन्टरनेसनलले आफ्नो व्यावसायिक योजनामा फेरबदल गर्नेगरी थाइल्याण्डको एक अदालतमा निवेदन दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सरकारका एक प्रवक्ता नारुमोन पिन्योसिनवातले थाई एयरवेजको प्रस्तावलाई मन्त्रिपरिषदको स्वीकृतिका लागि मंगलबार पेश गरिने जानकारी दिए । यद्यपी उनले प्रस्तावित कार्ययोजनाका बारेमा विस्तृत रुपमा बताउन चाहेनन् ।

थाई एयरवेजले कोरोनाभाइरसका कारण यात्रा र पर्यटन क्षेत्रमा ठूलो संकट उत्पन्न हुनुअघि नै आर्थिक समस्या झेल्दै आएको थियो । थाई एयरले सरकारबाट १ अर्ब ७० करोड अमेरिकी डलर ऋणका लागि प्रस्ताव गरेको छ ।

प्रस्तावित योजना कार्यान्वयनमा आए थाई एयरवेजमा सरकारको लगानी ५० प्रतिशतभन्दा कम हुनेछ, र यसले निजीकरणतर्फ अग्रसर गर्नेछ । उद्धारका विकल्पहरुमध्ये खासगरी कर्मचारी, विमान संख्या र उडानहरु कटौती हुनेछन् ।

थाई एयरवेजले सन् २०१९ मा ३७ करोड ४३ लाख, सन् २०१८ मा ३६ करोड १९ लाख तथा सन् २०१७ मा ६ करोड ५८ लाख अमेरिकी डलर नोक्सानी व्यहोरेको थियो । संचार माध्यमहरुले थाई एयरवेजमा ९ अर्ब ४० करोड डलर ऋणभार रहेको बताएका छन् ।

थाई एयरवेजले कोरोनाभाइरस महामारीका कारण अप्रिलको शुरुदेखि नै सबै उडान बन्द गरेको छ । विमान सेवामा कार्यरत अधिकांश कर्मचारीलाई तलब घटाएर विदामा बस्न बाध्य पारिएको छ । सरकारले गत साता अन्तर्राष्ट्रिय उडानबाट थाइल्याण्ड आउन आगामी जुनको अन्त्यसम्म रोक्ने घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया