Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
काठमाडौ – सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको लक डाउनका कारण आयातभन्दा निर्यात बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा निर्यात १२.९% ले बढेर ७८ अर्ब ८२ करोड पुगेको छ । यता, आयात भने ७.५% ले घटेर ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ ।
सबैभन्दा धेरै भारततर्फको निर्यात बढेको छ । भरततर्फको निर्यात २५.४% वृद्धि भएको छ । चीन तथा अन्य मुलुकतर्फ क्रमशः २८.१% र ७.५% छ । पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जडिबुटी, दन्तमन्जनलगायतका वस्तुको निर्यात बढेको छ । यता, जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात भने घटेको छ ।
यता, वस्तु आयात गरिने मुलुकका आधारमा अन्य मुलुकबाट भएको आयात ३.१% ले बढेको छ भने भारत तथा चीनबाट भएको आयात क्रमशः १२.३% र १.०%ले घटेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, लगायतका वस्तुको आयात बढेको छ । भने, पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।
वीरगंज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । ९ महिनामा कुल वस्तु व्यापार घाटा ८.९% ले संकुचन भई ९ खर्ब ३ अर्ब ७२ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २१.५ % ले वृद्धि भएको थियो । यसअवधिमा निर्यात–आयात अनुपात ८.०% पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.६% रहेको थियो ।
तपाईको प्रतिक्रिया