शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

टोकियो – जापानमा आइतबार २७  जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार जापानमामा आइतबार टोकियोमा ५ जना, खानागावामा ५ जना, होक्काइदोमा ८ जना, साइतामामा ४ जना, ह्योगोमा १ जना र अन्य प्रिफेक्चरहरुमा गरि कुल २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

टोकियोमा आइतबार नयाँ कोरोना संक्रमितको संख्या ५ मा झरेको छ । यो अप्रिल ७ मा आपतकाल घोषणा गरेयताकै न्यून हो । यी सबै संक्रमितको स्रोत पनि पहिचान गर्न सकिएको छ ।

ओसाका प्रिफेक्चरमा भने सोमबार एउटै नयाँ संक्रमित भेटिएनन् । मार्च ९ यता यस्तो पहिलो पटक भएको प्रिफेक्चर सरकारले बताएको छ ।

पछिल्लो समय टोकियो र ओसाकामा नयाँ संक्रमितको संख्या घट्दो क्रममा छ । टोकियो, ओसाका र अन्य ६ प्रिफेक्चरमा आपतकाल कायमै रहेको भएपनि बिहिवार अन्य ३९ प्रिफेक्चरमा आपतकाल हटाइएको छ । अप्रिल ९ मा अधिकतम् २६६ नयाँ संक्रमित देखिएको टोकियोमा अहिलेसम्म संक्रमित संख्या ५ हजार ५५ पुगेको छ । आइतबार ७ जना संक्रमितको मृत्यु भएसँगै अहिलेसम्म मर्नेको संख्या २३७ मा पुगेको छ भने ३५१२ जना निको भइसकेको छ ।

सोमबार बिहानसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या १६ हजार ३ सय ३७ पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या १७ हजार ४९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार ११ हजार ४८२ जना सफल उपचारपश्चात निको भई घर फर्किसकेका छन् ।

जापानमा हालसम्म कोरोना भाइरसका कारणले ७ सय ५६ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहितको संख्या ७ सय ६९ जना पुगेको छ ।***

तपाईको प्रतिक्रिया