Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानको राजधानी टोकियोमा ‘जापान नेपाल फुटबल संघ’ (एन्फा जापान) को कार्यालय उद्घाटन हुने भएको छ । आउँदो  जुन १६ तारिख आइतबारका दिन टोकियोको फुस्सा सि कुमागावामा कार्यसमिति गठन गर्दै कार्यालयको उद्घाटन गर्ने तय भएको हो ।

उद्घाटन समारोहको प्रमुख अतिथिमा जापानस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी रहनु हुनेछ भने विशिष्ट अतिथिहरूमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र एनआरएनए आईसीसीका उपाध्यक्ष रविनप्रसाद शेरचन रहनेछ । कार्यक्रमको विशेष अतिथिहरूमा पूर्व नेपाली राष्ट्रिय टिमका प्रशिक्षक राजु काजी शाक्य, यस्तै नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडीहरू उमेश प्रधान र हरि खड्का, जापान फुटबल एशोसिएसनको प्रशिक्षक ताकेदा चियेकी र कलाकार राजु लामा रहने जनाइएको छ ।

जापान नेपाल फुटबल संघ (एन्फा जापान) लाई आधिकारिक मान्यता दिनको लागि नेपालदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी आउन लागेको जापान नेपाल फुटबल संघ (एन्फा जापान) का संयोजक शिव खड्काले जानकारी दिए । संयोजक खड्का अनुसार कार्यालय उदघाटनसंगै कार्य समिति घोषणा गर्ने नयाँ कार्यसमितिका सदस्यहरूलाई शपथग्रहण गराउने र विधान पारित गरि कार्यान्वयनमा लगिनेछ ।

च्यारिटी म्याच हुने
सोही दिन हुने च्यारिटी म्याचमा कुल ६ टिमले सहभागिता जनाउनेछ । खेल नकआउटको आधारमा हुनेछ । च्यारिटी म्याचमा सहभागी हुने टिमको नेतृत्व ‘टिम नेपाल रातो’को क्याप्टेसिप प्रमुख अतिथि राजदूत सुवेदीले गर्नेछन् ।

‘नेपाल निलो टिम’ कोक्याप्टेसिप राजु काजी शाक्य, ‘एन्फा नेपाल टिम’को क्याप्टेसि पंकज विक्रम नेम्बाङ, ‘टिम सगरमाथा’को क्याप्टेसिप हरि खड्का, ‘रारा टिम’को क्याप्टेसिप उमेश प्रधान र ‘आईसीसी एनआरएन ११’ को क्याप्टेसिप रविन शेरचनले गर्नेछन् । खेल हाचीओजी टोकियोमा दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म हुनेछ । ***

तपाईको प्रतिक्रिया