Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – कर्मथलो जापान बनाएका कर्णप्रिय आवाजका धनी गायक तथा संगीतकार मनोज केसी र आर के गुरुङको ‘चौबन्दी तुना…’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ । पछिल्लो समय गीत संगीतको क्षेत्रमा उत्कृष्ट संगीत गर्दै आएका सर्जक तथा गायक आर त गुरुङ, मनोज केसी र गायिका शान्ति श्री परियारको आवाजबाट सुसज्जित नयाँ गीत चौबन्दी तुना सार्वजनिक भएको हो ।

आर के गुरुङ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा मनोज केसीको संगीत तथा शब्द पनि मनोज केसी र आर के गुरुङकै रहेको छ । माया प्रेममा समर्पित उक्त गीतमा मनोज केसीले उत्कृष्ट शब्द तथा संगीत दिने कोसिस गरेका छन् ।

गीतका प्रत्येक शब्दले सुन्ने सबैको ध्यान केन्द्रित गरेको छ । यस गीतको अडियो सँगै भिडिओ पनि उत्कृष्ट बनेको छ । भिडिओमा पछिल्लो समयमा अभिनयको माध्यमबाट लोक गीत संगीतका दर्शकहरूको मन जित्न सफल सुनिल क्षेत्री र अञ्जली अधिकारीको दमदार अभिनय गरेका छन् । निर्देशन तर्फ उनै चर्चित मोडल सुनिल क्षेत्री रहेका छन् ।

हुने बिरुवाको चिल्लो पात भने जस्तै गरि जन्मस्थान गनपा ०७, मल्म बागलुङ भएका गायक मनोज केसीले सानै उमेर देखिनै आफ्नो जादुमय स्वरले विद्यालय, मेला महोत्सवमा हुने हरेक कार्यक्रममा आफ्ना प्रस्तुति दिँदै आएका थिए । रोजगारीका क्रममा जापानलाई कर्मथलो बनाएका केसी भन्छन्, ‘जिन्दगीका सबै सपनाहरू पुरा नहोलान् तर पनि म ढुक्क छु किनकि सबै सपना पनि त अधुरो नरहलान् । त्यसैले समय, अवस्था जस्तोसुकै रहेपनि आफ्नो लोकगीत संगीतको यात्रा भने निरन्तर चलि नै रहनेछ ।’

तपाईको प्रतिक्रिया