आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेका हुन् । भेटमा संसद्‌को गतिरोध र सरकारले ल्याउन लागेको बजेटको तयारीलगायत विषयमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले संसदको गतिरोधबारे चासो र चिन्ता व्यक्त गरेका थिए । सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया