Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाण्डाै – चीनले साढे २ महिनामा झण्डै २३ खर्ब नेपाली रुपैयाँ बराबरको औषधी र मेडिकल उपकरण निर्यात गरेको छ ।

ग्लोबल टाइम्सका अनुसार चीनले मार्चदेखि अहिलेसम्म १८ दशमलव ९ विलियन अमेरिकी डलर बराबरको औषधी तथा उपकरण बिक्री गरेको छ । साढे २ महिनाको अवधिमा सबैभन्दा धेरै औषधी र मेडिकल उपकरणको निर्यात अमेरिका, जर्मन र जापानमा रहेको पनि ग्लोबल टाइम्सले जनाएको छ ।

कोरोना महामारीको सुरुवात भएको देश चीन अहिले सामन्य अवस्थामा फर्किएको छ। चीनका कयौं सहरमा जनजीवन सामन्य भइसकेको,उद्योगधन्दा सुचारु भएका छन्।

उत्पादन सुचारु भएसँगै चीनले मेडिल सामग्री उपत्पादन तथा निर्यातमा ध्यान केन्द्रित गरेको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीको उत्पादन र निर्यातलाई चीनले तीब्रता दिएको छ।

मार्चयता चीनले ५० अर्ब ९० करोड थान मास्क निर्यात गरेको जनाएको छ । फेब्रुअरीको सुरुसम्म चीन आफैँले अरुदेशबाट मास्क सहयोग लिइरहेको थियो । तर मार्चमा ठूला कम्पनीले मास्क उत्पादन थालेपछि निर्यात सुरु गरेको हो ।

चीनमा झण्डै एक दर्जन कम्पनीले दैनिक ५० लाख मास्क उत्पादन गरिरहेका छन् । बीवाईडी कम्पनीले मात्रै दैनिक ५५ लाख मास्क उत्पादन गरिहरेको छ  । दैनिक ३० लाख भन्दा धेरै मास्क बनाउने कम्पनीको संख्या झण्डै ३ दर्जन छ ।

यस्तै मार्चयता १६ करोड २० लाख थान टेष्ट किट र  २१ करोड ६० लाख थान पीपीई अन्तर्गतको सुट निर्यात भएको छ । यस्तै ७२ हजार ७ सय थान भेन्टिलेटरको निर्यात भएको चीनले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया