Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ –  कोरोना भाइरसको जोखिम झन् बढ्दै गएपछि शेयर कारोबार पुनः बन्द हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आज (बिहीबार) देखि नै शेयर कारोबार बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले यसको पुष्टी गरे ।

सरकारले लकडाउन खुकुलो बनाएपछि बोर्ड गत मंगलबारदेखि शेयर कारोबार गर्न नेप्सेलाई निर्देशन दिएको थियो । नेप्सेले पनि सोहीअनुसार नै मंगलबारदेखि दिन २ घण्टा मात्र कोरोबार खुल्ला गरेको थियो ।

तर, पछिल्लो समय काठमाडौंमै कोरोना संक्रमित देखिएको र समग्र मुलुकमा नै यसको सख्या बढ्दै गएको छ । यसरी जोखिम पनि बढ्दै गएपछि सरकारले लकडाउन कडा बनाइसकेको छ । यी यसता परिस्थीतिलाई दृष्टिगत गर्दै शेयर कारोबार बन्द गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया