Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – भारतको केन्द्र सरकारले कोरोना भाइरस नियन्त्रणका लागि ३० खर्ब रुपैयाँ बराबरको बिना धितो कर्जा उपलब्ध गराउने भएको छ।

बुधबार भारतीय वित्तमन्त्री निर्मला सिथारमणले कोरोनाले व्‍यापार तथा साना घरेलु उद्योगलगायत क्षेत्रमा प्रभाव परेको भन्‍दै ३० खर्ब भारतीय रुपैयाँ बराबरको बिना धतो कर्ता उपलब्ध गराउने घोषणा गरेकी हुन।

उनले उक्त प्‍याकेज घोषणा गर्दै भनेकी छन्, ‘ भाइरसका कारण उद्योग तथा व्यापार व्यवसायमा ठूलो प्रभाव परेकाले उद्योग तथा ऊर्जा अनि स्वासथ्य क्षेत्रमा बिना धितो कर्जा लिने प्रबन्ध मिलाएकी छु।’

उनका अनुसार वार्षिक एक अर्बसम्मको कारोबार गर्नेलाई २५ करोडसम्मको कर्जा दिइनेछ भने कर्जाको अवधि चार वर्ष हुनेछ। यसका साथै उक्त कर्जाको ब्याजमा तिर्न ढिलाइ भएमा १२ महिनाभित्र कुल साँवा बुझाइसक्नु पर्ने हुन्छ।

यसका साथै उनले ऊर्जाको क्षेत्रमा कम्पनीको लागि ९० करोड भारतीय रुपैयाको राहत रकम दिने घोषणा गरेकी छिन्। तर त्यसमा एनबीएफसीको लागि ७५ हजार करोड तथा एमएसएमइको लागि ३ लाख करोडको भारी प्याकेज घोषणा गरेकी छिन्।

यस्तै सरकारले २० मार्चमै १०० अर्ब रुपैयाँ सरकार बैंकमार्फत २० करोड महिलाको खातामा ५ सय रुपैयाँ महिनाको दिँदै आएका छन् जसको अवधि जूनसम्‍म रहनेछन्।

त्यसैगरी सरकारले स्वास्थ्य बीमाको लागि १५ हजार करोड छुट्याएको छ। तर मार्चको पहिलो हप्तामै भारतीय रिजर्भ बैंकले भने साढे ५ लाख करोड रुपैयाँ खर्च गरिसकेको छ।

तपाईको प्रतिक्रिया