Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – नेपालको छुर्पीमा अत्यधिक प्रोटिन हुने भएकाले  विभिन्न  मुलुकमा  ‘डग च्यु’का रूपमा निर्यात हुन्छ ।

अहिले भने ‘लकडाउन’का कारण पूर्वी नेपालमा उत्पादित छुर्पीको निकासी ठप्प भएको छ ।

अमेरिकालगायत यूरोपका विभिन्न १४ मुलुकमा छुर्पी निकासी हुँदै आएकोमा निकासी रोकिएपछि प्रदेश नम्बर–१ मा रहेका साना–ठूला गरी ९०० उद्योग प्रभावित भएका छन् ।

लकडाउनका कारण तेस्रो मुलुक निकासीका लागि तयारी अवस्थामा रहेको ९० करोड रुपैयाँ बराबरको दूधको छुर्पी स्टोरमा थन्किन पुगेको छ ।

प्रदेश नम्बर–१ का पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटालगायतका जिल्लामा छुर्पी उत्पादन हुँदै आएको छ ।

यहाँ उत्पादित दूधको छुर्पी कुकुर र बिरालोको खाजाको रुपमा अमेरिका, क्यानडा, युरोप, जापान, कोरियालगायतका १४ देशमा निकासी हुँदै आएपनि लकडाउनका कारण निकासी हुन नपाउँदा किसानले उत्पादन गरेको दूधसमेत बिक्री हुन सकेको छैन ।

इलाममा मात्रै ५९० ओटा छुर्पी उद्योग छन् ।

नेपालको छुर्पी ‘डग च्यू’को रुपमा ती मुलुकहरुमा निकासी हुँदै आएकोमा लकडाउनका कारण अहिले अधिकांश छुर्पी उद्योग बन्द रहेका छन् ।

मनराम हिमालय ह्यान्डीक्राफ्टमार्फत् पूर्वी नेपालमा उत्पादित छुर्पी तेस्रो मुलकमा निकासी हुँदै आएको छ ।

मनराम हिमालयन ह्यान्डीक्राफ्टका सञ्चालक राजेन्द्रकुमार श्रेष्ठले लकडाउनको कारण भन्डारण गरिएको २२ करोड ५० लाख रुपैयाँ बराबरको छुर्पी बाहिरी मुलुक पठाउन रोकिएको बताए ।

गुणस्तरीय भन्डारण अभावका कारण सबै छुर्पी बिग्रने अवस्थामा पुग्दा समस्या भएको उनको भनाइ छ ।

ह्यान्डीक्राफ्टले पूर्वी नेपालका विभिन्न उद्योगमा उत्पादन गरेको छुर्पी प्रतिकेजी ९०० रुपैयाँका दरले खरिद गरी अमेरिकालगायतका मुलुक निकासी गदै आएको थियो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र विराटनगरले लकडाउन हुनुपूर्व ८९ करोड २१ लाख ५१ हजार मूल्य बराबरको ५३ करोड ५५ लाख ८५ हजार किलो छुर्पी निकासी भएको जनाएको छ ।

नेपालका लागि अमेरिका छुर्पीको सबैभन्दा ठूलो बजार हो ।

तर, लकडाउनका कारण छुर्पी निकासी नहुँदा त्यसको मार दुग्ध उत्पादन किसानदेखि उद्योगसम्म परेको छ । जसको पूर्ति तत्काल हुने देखिँदैन ।

तपाईको प्रतिक्रिया