Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसबाट जनताको जीवनरक्षाका लागि जारी बन्दबन्दीकै बीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्रियसभाको आजको बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा भएको छलफलपछि जवाफ दिंदै मन्त्री खतिवडाले अहिलेको पहिलो चुनौती जीवन रक्षा भएको र जीवन रक्षाकै लागि आर्थिक गतिविधिलाई पनि सँगसँगै अघि बढाउने दिशामा सरकार उन्मुख भएको बताए ।

मन्त्री खतिवडाले कृषि उत्पादनले बजार पाउनुपर्ने र स्थानीय तहलाई थप अधिकार दिने कुराहरुलाई स्वीकार गर्दै कोरोना जोखिमका समयमा प्रदेश र स्थानीय तह सक्रिय भई सङ्घीयताको औचित्य पुष्टि गरेकाले तीन वटै तहका सरकारबीच समन्वय बढाउने गरी बजेटको प्रबन्ध गर्ने बताए ।

उनले सांसदहरुले कोरोना सङ्कटले प्रभावित भएको अर्थतन्त्रलाई माथि उठाउन कृषि क्षेत्रलाई प्राथमिकता दिन र स्वास्थ्य पूर्वाधारमा लगानी बढाउन दिएका सुझावलाई बजेट निर्माणका क्रममा मार्गदर्शनका रुपमा लिइने विश्वास व्यक्त गरे ।

मन्त्री खतिवडाले विदेशमा रहेका नेपालीलाई बेवारिसे हुन नदिने र कूटनीतिक माध्यमबाट आवश्यक सहयोग गरिने तर सीमा खोल्ने वा आवागमन गर्ने कुरा जोखमयुक्त हुने पनि बताए । उनले अरु क्षेत्रको विकाससँगै कृषिको सन्तुलित विकासको मार्गमा सरकारले अघि बढ्ने जानकारी दिए । राष्ट्रियसभाको अर्काे बैठक यही वैशाख ३१ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया