Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – आजदेखि संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

कोरोना भाइरस (कोभिड १९) कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालनका सबै तयारी पुरा भएको संसद सचिवालयले जनाएको हो ।

संघीय संसद सचिवालयले सभामुख अग्नि प्रसाद सापकोटालाई सबै सदस्यहरुको बसाई व्यवस्थापन, सभाकक्ष, कुर्सी, टेबुल, माइक व्यवस्थापन, सफाई, लगायतका सबै तयारी पूरा भएको जानकारी गराएका छन् ।

बिहीबार नै सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

परीक्षणको रिपोर्ट आउन सामान्यतया: ६ घण्टा लाग्ने भएकाले शुक्रबार नै स्वाब दिनेको पनि रिपोर्ट आउने र नेगेटिभ देखिएमा मात्र संसदमा प्रवेश दिइने भएको हो।

 

तपाईको प्रतिक्रिया