सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो– जापानमा बालबालिकाको अनुमानित जनसंख्या ३९ बर्षदेखि घटिरहेको छ । सोमबार प्रकाशित तथ्यांकअनुसार यो हालसम्मकै सबैभन्दा कम जनसंख्या हो ।

अप्रिल १ सम्मको सरकारी तथ्यांकअनुसार जापानभरमा १४ बर्ष मूनिका बालिबालिकाको संख्या १५ दशमलब १२ मिलियन छ । जुन गत बर्षको यही समयभन्दा २ लाख कम हो । यो तथ्यांक राख्न सुरु गरिएको सन् १९५० देखि यताकै सबैभन्दा न्यून संख्या हो ।

१४ बर्षमूनिका बालबालिकाको संख्या सबैभन्दा उच्च २९ दशमलब ८९ मिलियन सन १९५४ मा थियो ।

जापानमा निरन्तर घटिरहेको जन्मदरलाई बढाउन सरकारले विभिन्न उपायहरु अपनाइरहेको छ । ***

तपाईको प्रतिक्रिया