Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024
मोहनप्रसाद खतिवडा

एकाबिहानै निन्द्रा खुल्छ, सँगै ओछ्यानमा सुतेकी श्रीमतिसँग पनि अनयासै डर लाग्छ । ऊनलाई पनि त यस्तै हुँदो हो आजकल । सरकारले पटक पटक भनिरहन्छ सोसियल डिस्टान्सको पालना गर्नु । एक अर्काबाट टाढै रहनु । सामिप्यताले संक्रमण फैलिन्छ जीन्दगीको बहुत ख्याल गर्नु । हर कोहिबाट टाढै रहनु । बारम्बार साबुन पानीले हात धुनु । सँधै माक्सको प्रयोग गर्नु । मनमा हुरी चल्छ, मुटुमा भूकम्प आँउछ ।आँ खामा खहरे बनेर उर्लिरहन्छ ।

यो कस्तो नियति हो आज मस्तिष्क कम्पन हुन्छ । लाग्छ बिज्ञानको ज्ञानले आज चन्द्रमा टेक्दै गर्दा किन तिनै मानिसले पृथ्वीमा टेक्न डराईरहेछन् । किन आफ्नैहरुको छेउमा पर्न समेत डराईरहेछन् मान्छे । अनि संसार जित्न हिडेको मानिस किन हारिरहेछन् । हजारौको रोग पहिचान गरि निको पार्ने डक्टर किन अरुको उपचार गर्दा गर्दै आँफै गर्ल्याम्मै ढल्छ ।

यो कस्तो काकतालि हो या कुनै दैवको खेल भनौ । पृथ्वीमा मानव जातिको उदण्ड बढ्दै गएर पाएको ईश्वरिय दण्ड । फरक फरक मस्तिष्कहरुले फरक तर्क गर्लान् । हिन्दुहरुले भगवान रिसाएर भन्लान्, मुश्लिमले आफ्नै तर्क गर्लान्, बुद्धिष्टहरुले हिंसा बढेर भन्लान्, किश्चियनहरुले प्रभुलाई प्रार्थना नपुगेर भन्लान् । होलान् भौतिकबादीहरुले आफ्नै तर्क अनि आध्यात्मिकहरुको फरक तर्क बनाउँन सक्लान् यो बेला ।

हिजोसम्म संसारभरिका नागरिक एक हौं । मिलेरसँगै बस्नु पर्छ भन्ने हामीहरु किन आज एक अर्काको नजिक बस्नु हुन्न । सोसियल डिस्टान्स नियम पालना गर्नुपर्छ । एकअर्काबाट टाढै बसौं भनिरहेका छौं त ? के अब मानवले प्राकृतिक विपत्तिसँग हारेकै हो त ? संसारको एक कुनाबाट स्वीच दवाई अर्को कुना ध्वस्त पार्न सक्ने आणबिक बारुद बनाउँन सक्ने मानव मस्तिष्कहरु कहाँ लुकिरहेका छन् त यसबेला । मेडिकल दुँनियामा संसारकै उत्कृष्ट मानिएका देशहरुले किन औषधी बनाउँन सकिरहेका छैनन् त ?

हामी अहिले आधुनिकताको नाममा बिभिन्न किसिमले प्रकृतिलाई दोहन गरिरहेका छौं । प्राणीहरुलाई मारेर हामी उल्लास मनाईरहेका छौ । भोज भतेर या पार्टी गरिरहेका छौं । मृत्यु कुनै उत्सव हुँदै होईन कसैको पनि मृत्यु सामान्य छँदै छैन पनि । तर केहि जानकारहरु यस्ता तर्क पनि गरिरहेका पाईन्छन् ।घरपालुवा जनवारहरुलाई यदि मासुको रुपमा प्रयोग नगर्ने हो भने त्यसको अर्थ के ? भनौ घरमा पालिने खसी बोका राँगा ईत्यादिलाई मासु खानको लागि प्रयोग नगर्ने हो भने अस्तित्व के त तिनीहरुको ? प्राकृतिक ईकोसिस्टममा बिचलन आउँन सक्छ । यस्ता प्राणीहरु हुर्कदै गएपछि संख्यात्मक रुपमा बृद्धि हुँदा असहज महशुस हुन्छ पृथ्बीमा जस्ता तर्कहरु सुनिन्छ ।

कतै नदी उत्खनन् गरि जमीन भासिरहेका छन्, कतै जंगल तथा हरियाली फँडानी गरि वस्ति बसाई सारा जडिबुटिहरु नष्ट गरिन्छन् । कहिंका मानिसहरु जिव्रोको क्षणिक स्वादको खातिर नयाँ नयाँ जीवहरु मार्दै खाईरहेका छन् । आखिर के प्राप्ति गरिरहेको छ त मान्छे ?

संसार यतिबेला आतंकित बनिरहेको छ गरिब राष्ट्र मात्र होईन संसारका धनी र सक्षम राष्ट्रहरुमा पनि आज कोरोना (कोभिड-१९)ले बिचलित बनाईरहेको छ ।मृत्युले कतिवेला कसलाई लैजान्छ कुनै ठेगान देखिंदैन । संसार रोईरहेको र आत्मबल चाँहिरहेको यो घडीमा उता देशमा भने जनताको जीवनमाथि खेलबाड गर्दै माथिल्ला संयन्त्रहरुमा भ्रष्टचार दिनदिनै मौलाईरहेको छ ।कुर्सीका निम्ति लुछाचुँडी चलिरहेको छ । मानौ कि कुर्सी लोकल कुखुरा हो खानलाई हजारौ स्यालहरु र्याल चुहाई वरिपरि घुमिरहेका छन् । जिम्मेवारी ठान्दैनन् देशमा कोरोनाको संक्रमण बढिरहेको छ यसलाई नियन्त्रण गर्ने हामीहरुको कर्तब्य हो भनेर ।

यो संकटको घडीमा कतै छोराले आफ्ना बाबुको लाश भेट्न सक्दैन या त्यो वातावरण बनाउँन सक्दैन सरकार । सरकारी संयन्त्रबाट सहयोग गर्न सक्दैन ईमान्दारका साथ । जनताले स्वतस्फूर्त रुपमा बाँडिरहेका राहत सामाग्रीमाथि अंकुश लगाउँछ बरु । यो संक्रमणको क्षणमा या सोसियल डिस्टान्सको नियम पालना गर भन्दै गर्दा बिभिन्न पार्टीका नाममा सयौं यात्रीहरुलाई एउटै बसमा कोचेर गाँउ लखेट्दा मुक दर्शक बन्दछ सरकार । आफ्नै डम्फूमा आफ्नै गीत गाईरहन्छ सरकार । मानौ कि नागरिकहरु यस्तै प्राथना गरिरहेका छन् शासकहरुमाथि !

ख्वामित हजूरहरुको हामी नागरिक त दाश पो हौं

यो राज्य हाम्रो पनि हो भन्नलाई कहाँ योग्य पो छौ

त्यो बिशाल महल र गद्दी त हजूरहरुकै पेवा पो हो

हामी जनताहरु यसैगरि सँधै दाशी भई बस्ने पो हो।

                                                                                                (लेखक पूर्व पत्रकार हुन्)

तपाईको प्रतिक्रिया