Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९)विरुद्ध लड्न र यसको नियन्त्रण गर्न युरोपेली युनियन (ईयू)ले नेपाललाई झन्डै १० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । नेपालस्थित ईयू कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ईयूले ७५ मिलियन युरो अर्थात् करिब ९ अर्ब ९० करोड ८१ लाख ५० हजार रुपैयाँ सहयोग नेपाललाई दिन लागेको जनाएको हो ।

ईयूले दिन लागेको उक्त सहयोगमा ५५ मिलियन युरो अर्थात् करिब ७ अर्ब २६ करोड ८३ लाख ८७ हजार रुपैयाँ पहिले नै सहयोगको लागि प्रतिबद्धता गरेको रकमबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणलाई गर्न दिन लागेको हो । यस्तै, २० मिलियन युरो अर्थात् करिब २ अर्ब ६४ करोड ३४ लाख ७९ हजार भने ईयूले सहयोगको रुपमा नयाँ प्रतिबद्धता गरेको हो ।

नेपालका लागि ईयूकी राजदूत भेरोनिका कोडीले यो संकटको समयमा ईयू नेपालको लागि भरपर्दो साथी र सहयात्री भएको बताएकी छन् । विज्ञप्तिअनुसार ईयूले झन्डै १५ अर्ब रुपैयाँ विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया