Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

नेपाली राजदूतावास जापानको आह्वानमा गैरआवासीय संगठन (एनआरएनए) जापान तथा विभिन्न संघसंगठन, पार्टी संगठन र समाजहरुसँग अप्रिल २४ तारिकमा कोभिड-१९ ले ल्याएको महामारीको विषयमा वृहत अनलाइन बैठक सम्पन्न भयो । बैठकले उब्जाएका कतिपय विषयहरुले निकै ठूलो महत्व राख्दछ । किनभने जापान प्राकृतिक प्रकोपहरुको दृष्टिले निकै जोखिमपूर्ण देश हो ।

विगतमा कहिले महाभूकम्पहरु जाने गरेका छन् त कहिले आँधीबेरी, हिमपात, बाढीपहिरो जस्ता विपत्तिहरुबाट जापान नराम्ररी थलापरेका कैयौं उदाहरण पनि प्रशस्तै छन् । त्यस्तो अवस्था जस्तै कि २०११ को महाभूकम्पको बेला र त्यसैको असरका कारण फुकुसिमा दाइईची आँणबीक भट्टी विषफोटन र त्यहाँबाट उत्पन्न विकिरणको जोखिमका बेलामा जापानस्थित नेपाली राजदूतावासका राजदूत भागेर कतै गएको र नेपालीहरुलाई विपद्को बेला अविभावक विहिन बनाएको तितो यथार्थ पनि बैठकमा उठेका थिए तर यसपाली भने राजदूतावासको आह्वानमा यस खालको वृहत बैठकको आह्वान हुनु, बैठकमा महामहिम राजदुतले सबैपक्षलाई समेटेर आड, भरोषा र हौशलाले ओतप्रोत सम्बोधन गर्नुले पनि अन्य संघसंगठनहरुमा हर्षका मुना पलाएको देखिएको थियो ।

बैठकमा जापानस्थित गैरआवासीय नेपाली संगठन जापानले जापानसहित कोरोना भाइरसबाट पीडित विश्वभरका नेपालीहरुलाई पनि हामीले सहयोगका हातहरु फैलाउनु पर्छ भन्ने सोंचका साथ आर्थिक संकलनलाई तीव्रता दिएको, नेपाल सरकारसँग पनि आर्थिकको लागि आह्वान गरेको र अहिलेसम्म २ करोड पचास लाख जम्मा गरिसकिएको विषयमा पनि रिपोटिंङ्ग गरिएको थियो जुन आफैमा उत्साहजनक काम थियो । यहाँनेर महत्वपूर्ण विषय के हो भने त्यो फण्डले कोरोनाको प्रकोपले थालापरेको नेपाली विजनेस क्षेत्रलाई मात्र माथि उकास्न उच्चवर्गलाई मात्र प्राथमिकता दिइने हो वा तल्लो वर्ग जस्तै कि विद्यार्थी, कुकहरु र अन्य गरीखाने वर्ग पनि त्यो कोषबाट लाभान्वीत हुने हुन, यो प्रमुख प्रश्न हो ।

उक्त बैठकमा विषेशगरी दुईवटा विषयमा छलफल गर्ने भनेर नै बैठकको आयोजना गरीएको थियो । ती विषयहरुमा एउटा थियो कोरोनाले नेपाली समुदायमा कस्तो प्रभाव पारेको छ ? र दोस्रो थियो यसै विषयलाई लिएर एउटा सहयोगको लागि टास्कफोर्स कमिटी गठन गर्ने । बैठकमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेर आउनु भएका प्रतिनिधिहरुले गरेको रिपोटिङहरुको अध्ययन र विश्लेषण गर्दा के देखिन्छ भने अवस्था गम्भीर छ । किनभने यो समस्या भिन्दै र जटिल हो यसभन्दा पहिले पहिले गर्ने वा आइपर्ने समस्याहरु जस्तो होइन, अहिले पहिले जस्तै आमनेसाम्ने बसेर समस्याको समाधान गर्न सकिंदैन ।

यो एउटा डरलाग्दो प्राणघातक सरुवा रोगको महामारी युक्त प्रकोप भएकोले विनासावधानी विरामीको नजीक जाने त टाढैको कुरा हो सामान्य मान्छेहरुसँग पनि नजिकै भएर काम गर्न सकिंदैन । तैपनि जोखिमहरुलाई वेवास्ता गर्दै केही नेपाली समाजहरुले प्रभावितहरुलाई राहतहरु बाँडेर सहयोग गरेको कुरा सुन्दा हामी सबै खुसि भयौं । त्यहाँ कतिपय केसहरु कस्ता पनि सुन्नमा आए भने जापानका ५्६ वटा हस्पिटल घुमाउदा समेत विरामीलाइ भर्ना नलिने र यहाँ गठन गरिएका विभिन्न समाजहरुले हाम्रो मान्छे होइन भनेर उम्कीने प्रयत्न गर्ने गरेको नमिठो तितो यर्थाथता सुन्नपर्दा हामी सबैको मन खिन्न बनाएको थियो । तर पछि राजलूतावासको पहलमा यहाँको परराष्ट्रसम्म फोन गरेर उक्त विरामीलाई भर्ना गर्ने काम भएको रहेछ ।

अर्को एउटा केस कस्तो सुनियो भने उक्त केस जापानमा बसेर नेपालीहरुलाई आइपर्ने भिजा लगायत अन्य समस्याहरुको बारेमा लामोसमय निरन्तर वकालत र सहयोग गर्दै आउनु भएका वरिष्ठ कानुनविद् बलराम श्रेष्ठले उठाउनु भएको थियो कि कतिपय कम्पनीहरुले वेतलवी बिदामा घरमा बस्न लगाउने र अन्तत ‘म मेरो राजी खुसीले काम छाडेको हुँ’ भनेर लेखिएको कागजमा सही गर्न लगाउने जस्ता केसहरु पनि उहाँको अफिसमा आएको कुरा गर्नु भएको थियो । र उहाँले भन्नु भएको छ कि त्यसरी भुलेर पनि यो समयमा कुनैपनि कागजमा कोही कसैले पनि सही नगर्नु होला त्यसको कानुनी उपचार गर्नु पर्छ भनेर सझाव दिनुभएको थियो ।

त्यसरी अहिले जापानभरी विभिन्न कम्पनी वा उनीहरुका मालिकहरुले मजदुरहरुलाई विभिन्न समस्यामा पार्न र भैपरी आउने आर्थिक समस्याबाट मालिकहरु बँच्न गर्ने सबैखाले हर्कतहरुदेखि मजदुरहरु सतर्क रहनु पर्छ । त्यसैगरी यो विसमपरिस्थितिमा विभिन्न तह र तप्का साथै स्वयम् राजदूत क्वारेन्टाइनमा रहेका बेलामा पनि उपनियोगमार्फत मजदुरहरुका पिरमर्का र व्यथाका कुरा सुनेर तीनको निराकणको लागि वृहत बैठकको आयोजना गर्नु, अन्य क्षेत्रबाट सहयोगका हातहरु फैलाउने काममा संघसंगठनहरु जागरुक हुनु, सबै नेपालीहरु मिलेर समस्याको सामना गर्नुपर्छ भनेर प्रण गरेको कुराले एउटा आशाको टुशा पलाएको छ । अब हामी सबैले मिलेर नै उक्त टुशालाई मलजल गर्नुको विकल्प छैन ।

त्यसैगरी अन्त्यमा आपतकालिन सहयोग समिति बनाउने विषयमा विभिन्न क्षेत्र तथा राजदुत स्वयम्ले अलि वृहत बताउनु पर्छ भनिरहँदा एनआरएनएका प्रतिनिधिले एकाधिकारवादी प्रकारको प्रवृति देखाउने काम भयो त्यो काम त्यती राम्रो भएन । यो अवस्थामा कस्तो समिति बन्नु पर्छ भनेर राजदूत राणले भने जस्तै उपल्लोस्तरमा एउटा एडभाइजर कमिटी बनाउने र तल्लो स्तर समेतलाई समेट्नेगरी विभिन्न संघसंगठन, राजनीतिक पार्टी, समाज आदीका प्रतिनिधिलाई समेट्नेगरी कमिटि बनाएको खण्डमा त्यसले प्रभावकारी तवरले काम गर्न सक्छ किनभने अहिलेको अवस्थामा फिल्डमा गएर काम गर्नु पर्ने भएकोले त्यसखालको समिति बनाउदा निकै उपयोगी देखिन्छ ।

त्यसकारण जापान नेपाली एकता समाजले पनि त्यो खालको धारणा त्यहाँ व्यक्त गरेको थियो । अन्त्यमा एनआरएनए जापान तथा नेपाली राजदूतावासले गरेको प्रयासलाई हामीले उच्च प्राथमिकताका साथ लिदै भावि दिनहरुमा अरु राम्रा काम हुनेछन् भन्ने अपेक्षाका साथ नेपाली राजदूतावास र एनआरएनए लगायत सबै संघसंगठन काँधमा काँध र हातमा हातेमालो गरेर यस दुखको बेलामा अघि बढेको खण्डमा यस महामारीलाई परास्त गर्न सक्ने छौं ।

तपाईको प्रतिक्रिया