Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – अमेरिकी सामाजिक सञ्जाल कम्पनी फेसबुकले भारतको टेलिकम कम्पनी रिलायन्स जियोमा पाँच अर्ब ७० करोड डलर (चार खर्ब ३५ अर्ब ७४ करोड भारु) लगानी गर्ने भएको छ ।

यो लगानीसँगै भारतीय अर्बपति रिलायन्स जियोमा फेसबुकको शेयर ९ दशमलव ९ प्रतिशत हुनेछ । यससँगै फेसबुक कम्पनीको दोस्रो सबैभन्दा ठूलो शेयरधनी बन्नेछ । फेसबुकले भारतमा आफ्नो प्रभाव बलियो बनाउन उक्त लगानीको योजना अघि सारेको हो ।

भारतमा चार वर्ष भन्दा छोटो अवधिमा जिओले ३८८ मिलियन मानिसलाई अनलाइनमा जोडेको छ ।  रिलायन्स जिओ कम्पनी मुकेश अम्बानीको स्वामित्वको रिलायन्स इन्डस्ट्रिज लिमिटेड अन्तर्गत छ ।

फेसबुकका सीईओ मार्क जुकर बर्गले रिलायन्स जियोमा लगानीको निर्णय गरेको बताएका छन् ।

रिलायन्स जियोलाई आगामी पुस्ताको प्रविधि कम्पनीको रुपमा हेरिएको छ । कम्पनीले अहिले नयाँ पुस्ताको प्रविधिको विभिन्न योजना अघि सारिरहेको छ ।

 

तपाईको प्रतिक्रिया