आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो– विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको असर जापानमा रहेको नेपाली समुदायभित्र पनि देखिन सुरु भएको छ । टोकियोको इकेबुकुरोमा अवस्थित एक नेपाली रेष्टुरेन्टमा कार्यरत नेपाली युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै जापानको नेपाली समुदायभित्र पनि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको छ ।

टोकियोको इकेबुकुरोमा कार्यरत ३५ बर्षिय पुरुषमा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले समुद्रपारि डट कमलाई जानकारी गराउनुभयो । उनी यस अघि नै संक्रमण प्रमाणित भएका व्यक्तिसंगै काम गर्ने गरेको र उनको उपचार प्रकृया अगाडि बढिसकेको अर्यालले बताउनुभयो ।

हालसम्म टोकियोमा २ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने ईबाराकी केनमा १ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै जापानमा कोरोना संक्रमित नेपालीको संख्या ३ जना पुगेको छ ।

इबाराकी प्रिफेक्चरमा उपचाररत नेपाली युवती भने सफल उपचारपश्चात कोरोना भाइरसमुक्त भैसकेकी छन् । उनलाई अझै केही दिन आइसोलेशनमा राखिएको छ । ***

तपाईको प्रतिक्रिया