आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो– जापानमा हिजो मंगलबार पनि ३ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार मंगलबार टोकियोमा १सय २३ जना, ओसाकामा ५३ जना, खानागावामा ४ जना, चिबामा १६ जना, साइतामामा ४ जना, ह्योगोमा १९ जना, फुकुओकामा १५ जना, होक्काइदोमा २२ जना, आइचीमा १६ जना, क्योतोमा २ जना, इसिखावामा ११ जना र अन्य प्रिफेक्चरहरुमा गरि कुल ३ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हालसम्म टोकियोमा कोरोना भाइरसको फैलावट बढि देखिएको छ । टोकियोमा हालसम्म ३ हजार ३ सय ७ जना र टोकियोलाई पछ्याइरहेको ओसाकामा १ हजार ३ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भैसकेको छ ।

बुधबार बिहानसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या ११ हजार ५ सय ४३ जना पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहित संक्रमितहरुको संख्या १२ हजार २ सय ५५ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरु मध्ये २ सय ३२ जनाको स्थिति नाजुक छ भने १ हजार ३ सय ५६ जना निको भएर फर्किसकेका छन् ।***

तपाईको प्रतिक्रिया