Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – केही कूटनीतिक सामग्री बोकेर नेपाल आएको अमेरिकाको जर्नी एभिएसनको कार्गो जहाज स्वदेश फर्किएको छ । कूटनीतिक सामग्री ल्याइएको भनिएको उक्त जहाजले करीब ४० किलो सामान ल्याएको विमानस्थलले जनाएको छ ।

कूटनीतिक भनिएका ती कस्ता सामग्री हुन् भन्ने खुलेको छैन । अमेरिकी जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी सामान झारेर आजै अमेरिका फर्किएको हो ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले कूटनीतिक सामग्री बोकेर आएको अमेरिकी वायु सेवा कम्पनी जर्नी एभिएसनको जहाज स्वदेश फर्किएको बताए । अमेरिकाबाट सामग्री लिएर आएको सो जहाज काठमाडौंबाट भने रित्तै फर्किएको छ ।

यसैबीच स्वास्थ्य सामग्री लिन श्री एअरलाइन्सको चार्टर्ड जहाज आज सिङ्गापुर उडान भर्ने तालिका रहे पनि उडान हुन सकेन । श्रीको जहाज ११ वैशाखमा सिङ्गापुर उड्ने कम्पनीले जनाएको छ। यसअघि गत शुक्रबार उडान गर्ने योजना विफल भएको थियो ।

पुनः आजका लागि उडान तालिका थियो तर अन्तिम समयमा उडान रोकिएको छ । केही कूटनीतिक प्रक्रिया पूरा नभएकाले आज उडान हुन नसकेको श्री एयरलाइन्सले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया