Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ  – कोरोनाका कारण अमेरिकी तेलको मूल्य २१ वर्षयताकै न्यून विन्दुमा झरेको छ ।

कोरोना भाइरस महामारीका कारण विश्वव्यापी लकडाउनका कारण मानिस घरभित्रै सीमित भएपछि तेलको माग ह्वात्तै घटेकाले तेल उत्पादक कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्नका लागि ट्याङ्कर भाडामा लिन थालेका छन् ।

जसका कारण अमेरिकी तेलको मूल्यमा नकारात्मक प्रभाव परेको हो। तेल उत्पादकले मे महिनामा आफ्नो भण्डारण क्षमता सकिने डरले तेल लिन खरिदकर्ताहरूलाई भुक्तानी दिइरहेका छन् ।

अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टरमीडिएटको प्रतिब्यारेल मूल्य माइनस ३७.६३ अमेरिकी डलरमा झरेको छ ।

सोमबार बिहान एशियाली बजारमा अमेरिकी तेलको बेन्चमार्क, वेष्ट टेक्सस इन्टरमिडिएटको मूल्य १४ प्रतिशत घटेर प्रतिब्यारेल १५.६५ रुपैयाँमा कारोबार भएको छ ।

तेलको मूल्यमा ऐतिहासिक गिरावट आउनु धेरैजसोका लागि चासोको विषय भएको भन्दै ट्रम्पले अमेरिकी सरकारले तेलको मूल्य सही बाटोमा ल्याउने दाबी समेत गरेका छन् ।

तेल बजारमा गिरावट आएपछि अहिले विश्वका अधिकांश तेल उत्पादन कारखानाहरु बन्द भएका छन् ।

तपाईको प्रतिक्रिया