Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – लकडाउनले उद्योग-व्यवसाय नै ठप्प भएपछि उद्योगीहरुले ५० प्रतिशत तलब कटौतीको तयारी गरेका छन्।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि लकडाउन गरेपछि कतिपयले आधा त कतिपयले बेतलबी बिदा दिएका थिए ।

उद्योगीहरूले बन्द अवधिमा पूरै महिनाका तलब खुवाउन नसक्ने बताए पछि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त बैठक बसेर प्रारम्भिक रूपमा लकडाउनको अवधिमा ५० प्रतिशतमात्रै तलब दिनेगरि सहमति अगाडि बढाउँदैछन्।

तीन वटा व्यवसायिक संगठनले अघि बढाएको प्रक्रियाप्रति ट्रेड युनियनहरु समेत सहमत भएका छन्। तीन वटा व्यवसायिक संस्थाले नेकपा र कांग्रेस निकट ट्रेड युनियनसँग परामर्श गरेका थिए।

परामर्शमा दुवै संगठन आधा तलब कटौती गर्न सहमत भएका हुन्। लकडाउनको अवधिमा ५० प्रतिशत तलब दिने रोजगारदाताको प्रस्ताव मान्न सकिने नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले बताए।

श्रेष्ठले भने ‘धेरै नाफा गरिरहेका उद्योगले पूर्ण रूपमा पारिश्रमिक दिनुपर्छ।’ कतिपय उद्योगले चैतको समेत तलब नदिएको बताउँदै उनले सरकारले सामाजिक सुरक्षा कोषको पैसा दिने भनेपछि पनि अटेरी गर्न नपाउने बताए।

ट्रेड युनियन कांग्रेसका सभापति पुष्कर आचार्यले लकडाउनको अवधिमा ५० प्रतिशत मात्रै तलब दिने विषयलाई स्वीकार्ने बताए। उनले औपचारिक रूपमा छलफल नभएपनि रोजगारदाताले गरेको निर्णय मान्ने बताए।

बैठकमा कोरोना भाइरसको संक्रमणका कारण सबै क्षेत्र तहसनहस भएकाले यसमा सबै पक्षले ब्योहोर्नेगरि निर्णय गर्ने बारे पनि छलफल भएको थियो। स्रोतका अनुसार लकडाउनको अवधिभर सरकार, रोजगारदाता र मजदुर तीनै पक्षले केही ब्योहोर्ने गरि तलब व्यवस्थापन गर्ने बारेमा पनि छलफल भएको थियो।

 

तपाईको प्रतिक्रिया