Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
बेइजिङको सेन्ट्रल बिजनेस डिस्ट्रिक्ट तस्बिर : रोयटर्स

काठमाडौ – सन् २०२० को पहिलो तीन महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ६ दशमलव ८ प्रतिशतले कमी आएको छ । यो कमी सन् २०१९ को पहिलो तीन महिनाको तुलनामा हो ।

तर पछिल्लो तीन महिनासँग यसको तुलना गर्ने हो भने चिनियाँ अर्थव्यवस्था झन् धेरै खस्किएकाे छ । पछिल्लो तीन महिनाको तुलनामा यो ९ दशमलव ८ प्रतिशतले कमी हो । बीबीसीका अनुसार कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि चीन अर्थव्यवस्थामा परेको प्रभावसँग सम्बन्धित आधिकारिक तथ्याङ्क सार्वजनिक गर्ने विश्वको पहिलो देश हो ।

चिनियाँ अधिकारीहरुका अनुसार अर्थव्यवस्थामा कमी आए पनि रोजगार स्थिर रहेको र अभाव छैन । यद्यपि अहिले बेरोजगारी ६ दशमलव २ प्रतिशत छ । चीनले सन् १९९२ बाट आफ्नो अर्थव्यवस्थाबारे तथ्यांक सार्वजनिक गर्न थालेपछि पहिलो त्रैमासिकमा यस पटक जीडीपीमा सबैभन्दा बढी गिरावट आएको बताइएको छ ।

चीनको तथ्याङ्क ब्युरोका अनुसार कोरोनाका कारण केही समयको लागि अर्थव्यवस्था प्रभावित भए पनि लामो समयसम्म यसले विकासमा प्रभाव पार्ने छैन । ब्युरोका अनुसार चिनियाँ अर्थव्यवस्थाको आधार बलियो छ, त्यसमा केही परिवर्तन भएको छैन । आर्थिक सुधारबाट घरेलु मागमा बढोत्तरी हुनेछ ।

तपाईको प्रतिक्रिया