Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

अहिले संसारमा सबै भन्दा बढी कोभिड-१९ बाट संक्रमित र मृत्यु भएका मानिसहरु अमेरिकामा रहेका छन । पछिल्लो तथ्यांक अनुसार संक्रमित ५ लाख ६१ हजार भन्दा बढि छन भने मृत्यु हुनेहरु २२ हजार १ सय भन्दा बढी पुगिसकेका छन ।

यसरी अमेरिकाले चिन, स्पेन र इटली लगायतका देशहरुलाई उछिन्दै पहिलो नम्बरमा पुगेको छ । यसप्रकारले अमेरिकामा किन कोभिड–१९ को संक्रमण तिब्र गतिमा फैलिरहेको छ ? किन अमेरिकाले समयमै रोकथामका उपाएहरु अपनाउन सकेन वा अवसरहरु हुँदा हुँदैपनि वेवास्ता गरियो ? यी यावत कुराहरुले आज विश्वभरका मानिसहरुलाई उद्वेलित बनाइरहेको छ । आज हामीले कोरोना भाइरस रोकथाममा अमेरिका कहाँनेर चुक्यो ? के–कस्ता प्रकारका कमजोरीका कारण अहिले अमेरीकामा कोरोना भाइरस उच्च रफ्तारमा फैलीदो छ ? आदि विषयमा चर्चा गर्ने छौं ।

ट्रम्प प्रशासनले कोरोना भाइरसको महामारीसंग लड्नका लागि अधिक शैयाका हस्पिटल, क्वारेटीनमा राख्ने ब्यवस्था, ब्यापक चेकजाँचको ब्यवस्था, ब्यापक आपतकालीन मेडिकल आपूर्ति लगायतका बिषयमा कुनै तयारी गर्न ध्यान पुराउन सकेन उल्टै ओवामा सरकारले तयार गरेका कतिपय संरचना ध्वस्त पार्ने काम भयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफु चीनसंग धेरै नै बेखुसी रहेको कुरा मिडिया अथावा सामाजिक संजालमार्फत ब्यक्त गर्ने गरेका थिए। किनभने चीन प्रशासनले आफ्नो देशमा फैलिएको कोरोना भाइरसको ठिक संग जानकारी दिएको थिएन। यदि चीनले शुरुमै सबै राष्ट्रलाइ सावधानी अपनाउन जानकारी दिएको भए यति धेरै विश्व ब्यापी महामारीको रूपमा फैलीने थिएन। तर अमेरिकनहरूको यो मत छ कि यदि चीनले कोरोना भाइरसको बारेमा पहिलै बताएको भएता पनि ट्रम्पले गम्भिरतापूर्वक लिन्छन् भन्ने कुनै ग्यारेन्टी थिएन।

धेरै जसो अमेरिकनहरुको यो बुझाइ छ कि राष्ट्रपती ट्रम्प प्रशासनले आफ्ना गल्तिहरू ढाकछोप गर्नका लागि चीनमाथि दोषारोपण गरिरहेको छ। तर यसको मतलव यो हैन की चीनन ठिक छ भन्ने। आज जब अमेरिका कोरोना भाइरसको सबै भन्दा ठूलो केन्द्र बिन्दु बन्न पुग्यो तब थाहा लाग्यो कि संसारको सबै भन्दा नविननतम, विकसीत, सक्षम तथा महाशक्ति राष्ट्र पनि किन पछि परिरहेको होला? यसको मतलब हो कि अमेरिकाले समय अनुसार कोरोना भाइरस प्रसारमा रोकथामको लागि आवश्यकता अनुसार सहि कदम चाल्न सकेन।

ट्रम्प प्रशासनको प्रथम गल्ति सन् २०१८ मा राष्ट्रिय सुरक्षा परिषदको ग्लोबल हेल्थ सेक्युरिटी टिमको बिघटन गर्नु थियो। यसले कोरोनाको बारेमा ब्यापक अध्ययन गर्नुका साथै समयमै रोकथामको लागि पूर्व तयारी गर्न सहयोग गर्ने थियो। अमेरिकन गुप्तचर संस्थाले केही समय पहिला जानकारी पनि दिएका थिए कि भविष्यमा फ्लुबाट धनजनको ठूलै क्षति हुन सक्नेछ। गुप्तचर संस्थाले ‘हिन्ट’ दिंदा दिंदै पनि न त ट्रम्प प्रशासनले होसीयारी अपनाउन सक्यो न त ग्लोवल हेल्थ सेक्युरीटीको पुर्नगठन गर्न नै ध्यान दियो ।

ट्रम्प प्रशासनको दोस्रो गल्ति जब जनवरीमा २०२० मा चीनबाट अन्य देशमा कोरोना भाइरस फैलिन थालेको कुरा जानकारीमा आइरहेको थियो तर पनि ट्रम्प प्रशासनले उक्त परिस्थितिलाई गंभीरतापूर्वक लिन सकेन बरु उल्टै कोरोना भाइरसको अवस्था पूर्णरूपमा कन्ट्रोल भएको झूटो जानकारी दियो। ट्रम्पले त २४ जनवरीमा ट्वीट गर्दै भनेका थिए – “चीनले कोरोना भाइरसलाइ नियन्त्रणमा राख्नको लागि धेरै मेहनत गरेको छ। अमेरिका चीनको कोसिसको तथा पारदर्शिताको प्रशंसा गर्दछ”, यस्तो भनेर उनी बढो महान बनेका थिए। तबसम्म अमेरिकाले पिडा भोगेको थिएन । सिंगापुर, ताइवान र हङकङ जस्ता देशले चीनमा भाइरस फैलिएको थाहा पाउदा वित्तिकै होसीयारीपूर्वक रोकथामको लगि तयारी गरे। तर अमेरीकाले कोरोना भाइरस बारे नत कुनै योजना बनायो न कुनै जनचेतना।

अमेरिकाकामा मानिसहरुलाई कोरोना भाइरसका कारण उत्पन्न हुनसक्ने जटिलताको बारेमा जानकारी नै थिएन। उनीहरू सडक, महल, समुन्द्रिक तट, रेल तथा हवाइ यात्रा, कार्यालय, होटल, स्कूल कलेज, सिनेमा तथा सभागरमा रमाइलो गरिरहेकै थिए । यस्तो प्रशासनीक अनबिज्ञतालाई देखेर अमेरिकाका प्रसिद्ध अनलाइ खवर एमएसएनबीसीले लेखेको थियो कि ट्रम्प प्रशासनले कोरोना भाइरससँग जुध्न प्रयाप्त समयलाई सदुपयोग गर्न सकेन जसका कारण ठूलो मूल्य चुकाउनु परेको छ ।

केही दिन अगाडी लण्डनमा अवस्थित इम्पीरियल कलेजले आफ्नो एक रिपोर्ट प्रकाशित गरी चेतावनी दिदै लेखेको थियो यदि प्रशासनले घातक कोरोना भाइरसको बारेमा गंभिरतापूर्वक नलिने हो भने ब्रिटेनले करिव ५ लाख र अमेरीकाले करिव २२ लाख जति मानीसहरूको जीवन गुमाउनु पर्ने छ। यदि तुरुन्तै सावधानी अपनाउने हो भने कम से कम आधा जति मृत्यु संख्या घटाउन सकिने देखिन्छ। उक्त रिपोर्ट पढे पछि मात्र अमेरिकी ट्रम्प प्रशासनको होस उड्यो र कोरोना भाइरसका बारे रोकथामका उपायहरू अपनाउने तयारीको तत्प्रता देखाउन थाल्यो।

ट्रम्प प्रशासनको तेस्रो गल्ती चीनबाट आउने जाने मानीसहरूमा रोकतोक फेब्रुअरीको पहिलो हप्ता मात्र लगाउनु भयो, त्यो पनि सिमित रूपमा । त्यतिबेला धेरै ढिला भैसकेको थियो। अमेरिकी स्वास्थ्य विज्ञ राँन क्लेनका अनुसार जनवरी देखी फेब्रुअरीको पहिलो हप्तासम्म चीनबाट करिव ३ लाख ५० हजार मानिसहरु अमेरिका प्रवेश गरिसकेका थिए । २४ जनवरीमा चीनबाट आएका २ जनालाइ कोरोना संक्रमण भएको पुष्टी पनि भैसकेको थियो।

ट्रम्प प्रशासनको चौथो गल्ति कोरोना भाइरसका संदिग्ध ब्यक्तिहरुलाई ब्यापक रूपमा चेकजाँच नगराउनु रह्यो । अहिले ताइवान, हंङकङ, दक्षिण कोरिया, जापान र सिंगापुरले कोरोना भाइरसको प्रभावलाइ बढ्न दिएनन। यसका तीन कारण छन। यस भाइरसका प्रारम्भिक संक्रमण देखिनेवित्तिकै शसक्त रूपमा प्रतिकृया जनाउनु। धेरै भन्दा धेरै मानिसमा चेकजांच गर्नु र लक डाउन अथवा सामाजिक दूरी कायम गर्नु थिए। अमेरिकाले यी सबै महत्वपूर्ण काम गर्न धेरै ढिला गर्यो। २८ फेब्रुअरीको पत्रकार सम्मेलनमा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए हाम्रो सरकारले जे जति गरेको छ जसले गर्दा अमेरिकी जनता कम जोखिममा छन। हामीसँग अहिले १५ जना कोरोनाका विरामी छन त्यो पनि केही दिनमा शून्यमा आउने छ । जुन हल्का र हचुवाको भरमा बोलिरहेका थिए।

ट्रम्प प्रशासनको पाँचौं गल्ति देशमा महामारीसंग लड्नको लागि अधिक शैया भएका हस्पिटल, क्वारीन्टाइनको लागि उचित ब्यवस्था, ब्यापक रूपमा चेक जाँचको ब्यबस्था, ब्यापक आपतकालिन मेडिकल आपूर्ती जस्ता महत्वपूर्ण बिषयमा गंभिरतापूर्वक तयारी गर्न नसक्नु रह्यो ।

अमेरिकीहरूको भनाइ अनुसार ओवामा सरकारले तयार गरेका सवै संरचना वर्तमान सरकारले ध्वस्त पारेको थियो। अब यो ठूलो संरचना निर्माण गर्न पनि त्यति सजिलो छैन अर्कातिर आवश्इक सुविधा बिना बिरामीको उपचार पनि सम्भव हुदैन।

ट्रम्प प्रशासनको छैठौं गल्ति जर्मनीमा बनेको कोरोना भाइरसको जाँच गर्ने किट्स नकिन्ने निर्णय गर्नु रह्यो । विश्व स्वास्थ्य संगठन द्वारा मान्यता प्राप्त त्यो किट अन्य देशले किनेर चेकजाच शुरू गरे तर ट्रम्प प्रशासनको घमण्डका कारण कोरोना टेस्ट गर्ने किट्सको ठूलो डिमान्ड भयो परिणाम स्वरूप अमेरीकामा सहि ढंगवाट कोरोनाको परिक्षण नै हुन सकेन। आश्चर्यको कुरा त यो छ कि संसारको महाशक्ति राष्ट्र अमेरीका आज भिषण महामारीको वैश्विक केन्द्रबिन्दु हुन पुग्यो। यसले लाखौ अमेरिकी जनताको जीवन खतरामा त परेको छ नै भावी चुनावमा डोनाल्ड ट्रम्पको कुर्सी रहन्छ वा रहँदैन भन्ने कुरा पनि अनिश्चित जस्तै बनेको छ ।

कोभिड–१९ द्वारा भयावह अवस्थामा पुगेको अमेरिकी साम्राज्यवालको असली रुप कस्तो थियो भन्ने बारेमा सामन्था विनोग्राड सीएनएनकी राष्ट्रिय सुरक्षा विश्लेषकले लेखेकी छन– “अहिले भाइरसको रोकथाम, संक्रमितको उपचार र आवश्यक स्वास्थ्य उपकरणको जोहोमै अमेरिका संघर्षरत छ, भाइरस नियन्त्रण भइसकेको दाबी गर्ने चीन स्वास्थ उपकरण तथा अन्य सामाग्री उत्पादनमा केन्द्रीत छ । केही महिनाको लकडाउनपछि, चीनले आफ्नो आर्थिक रिक्तता पूर्ति गर्दै बाउन्स ब्याक गर्नसक्छ, हामी भाइरस रोक्नकै लागि उफ्रिरहेका हुनेछौं । उनीहरुसँग रणनीति छ, हामीसँग छैन । उनीहरुको विदेश नीतिको प्रभाव आज जस्तो छ, त्यस्तो आधुनिक इतिहासमा यसअघि थिएन । यो उनीहरुले देखाइसकेका पनि छन् । अमेरिकी तथा चिनियाँ अधिकारीबीचको शब्दको युद्ध पछिल्ला केही दिनदेखि मत्थर भएको छ । विदेशमन्त्री पोम्पेओले संकटबारे चिनियाँलाई दोष लगाउनु गलत थिएन । तर पोम्पेओ र राष्ट्रपतिले यस भाइरसलाई ‘चिनियाँ भाइरस’ वा ‘उहान भाइरस’ भन्नु धेरै अर्थमा गलत हो । जनवरीमा भाइरस नियन्त्रणका लागि चीनले गरेका प्रयासको तारिफ गर्ने ट्रम्पले अहिले यस्तो अभिव्यक्ती दिँदा एशियन–अमेरिकीमाथिको रंगभेदी आक्रमणमा अनावश्यक घ्यूमात्र थपिएको छैन, बरु बाँकी विश्वलाई समेत मिश्रित सन्देश मिलेको छ । यसलाई माथ खुवाउनेगरी जी ७ राष्ट्रको संयुक्त विज्ञप्ति जारी गर्ने सिलसिलामा अमेरिकाले ‘उहान भाइरस’ नाम राख्नुपर्ने जिद्दी गऱ्यो,तर अन्य देशहरू सहमत भएनन् जस्ले गर्दा विज्ञप्ति नै निस्किएन । यसरी, एकताको वास्तविक खाँचो पर्दा हामीले आफ्नो समूह वा मित्रतालाई अंगभंग बनायौं ।”

यसले के देखाउँछ भने अमेरिकी साम्राज्यवादको दम र घमण्ड भित्रको खोक्रोपन झन पछि झन उदाङ्गो हुँदै गएको छ । उनी अगाडी लेख्छिन– “अब अमेरिकी जनताको जीवन स्वास्थ उपकरण पठाउन चिनियाँ कम्युनिष्ट पार्टीले दिने स्वीकृतीमा निर्भर छ, त्यसैले शब्दको युद्ध मत्थर भइसक्यो । थाहा छैन, चीनले यसको बदलामा ट्रम्प प्रशासनसँग के लिनसक्छ । तर, यो चाहिँ छर्लङ्गै छ । ट्रम्प प्रशासनको गम्भीर चाहना अमेरिकी जनताको ज्यान जोगाउनु हो भन्ने चीनले बुझेको छ र आफ्नो लक्ष्य हासिल गर्नका लागि अमेरिकाले कम्युनिष्ट पार्टीलाई खुसी बनाइराख्नुपर्ने आवश्यकता छ ।”

यसले के देखाउँछ भने चीन अब विश्वको अपरिहार्य देश बन्न पुगेको छ र यो भाइरसले निम्त्याएको विसंम परिस्थितिमा मृत्युसँग लडिरहेका अमेरिकी जनताको जीवन चीनको हातमा निहित बन्न पुगेको छ ।

तपाईको प्रतिक्रिया