काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरे अनुसार हिमानी ट्रस्टले प्रधानमन्त्रीले स्थापना गरेको कोरोना रोकथाम, राहत तथा उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गरेको छ ।
हिमानी कोषले पूर्वराजा शाहबाट उपलब्ध २ करोड रुपैयाँ प्रधानमन्त्रीले स्थापना गरेको कोरोना रोकथाम, राहत तथा उपचार कोषमा जम्मा गर्नका लागि आइतवार हस्तान्तरण गरेको छ । हिमानी कोषका कर्मचारीहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझेका हुन् ।
रकम हस्तान्तरण गर्दै हिमानी कोषले जम्मा गरेको उक्त रकम कोभिड-१९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सही सदुपयोग हुने विश्वास पूर्वराजा शाहले विश्वास लिएको जनाएको छ । यो राहत रकम हस्तान्तरणसँगै कोषले आगामी दिनमा कोभिड-१९ विरुद्ध नेपालीलाई राहत र सहयोगको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।