Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौँ – कोरोना भाइरस (कोभिड-१९) संक्रमणले विश्वव्यापी महामारीको रुप लिएपछि त्यसको असर नेपाल भित्रने रेमिटेन्समा परेको छ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष भित्रने रेमिटेन्समा गिरावट आउन सुरु भएको छ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा झन्डै २४ प्रतिशत छ।

विदेशमा गएका नेपालीले रकम पठाउन कम गरेपछि चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स आप्रवाहमा २ अर्ब ३४ करोड रुपैयाँले कमी आएको छ।

फागुनसम्ममा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको सोही अवधिमा रेमिट्यान्स ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको थियो।

त्यसैगरी, चालु आर्थिक वर्षको फागुन महिनासम्म वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १ लाख ७५ हजार ५ सय ५२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ लाख ८० हजार ४ सय ७ रहेको थियो।

आउँदा दिनमा नेपाल भित्रने रेमिटेन्स ठूलो मात्रा घट्ने आँकलन गरिएको छ। वैदेशिक रोजगारको लाग नेपालीहरुको प्रमुख गन्तव्य खाडी राष्ट्र र मलेसियामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढेपछि अहिले त्यहाँ कामदार जान रोकिएको छ। ती देशमा  रहेका कामदारलाई पनि बिना काम कम्पनीले राखेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया