Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौँ – कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनका कारण देशभरका किसानले तरकारी, फलफूल, दूध तथा कुखुरा नष्ट गर्नुपरेको छ । किसानले कुखुरा खाल्टोमा हालेर नष्ट गर्न बाध्य भएका छन्, केरा नदीमा समेत बगाएका छन् । आत्मनिर्भर हुन लागेको डेरी उद्योगमा ८० प्रतिशतले खपत घट्दा किसान, सहकारी र उद्योगी दूध नष्ट गर्न थालेका छन् । तरकारी बिक्री नभएपछि किसानले बारी जोतेर नष्ट गर्दै छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले लकडाउनका कारण कृषि क्षेत्रले ठूलो क्षति व्यहोरोको आकलन गर्दै राहत प्याकेज घोषणाको अन्तिम तयारी गरेको छ । अर्थ मन्त्रालयसँगको समन्वयमा बजेट र राहतका कार्यक्रम तर्जुमा भइरहेको मन्त्रालयको भनाइ छ ।

लकडाउनका कारण तरकारीले बजार नपाएपछि चितवनका एक  किसानले १ लाख लगानी गरेको काक्रो  बारीमा ट्याक्टर लगाएर नष्ट गरेका छन् ।

त्यसैगरी २५ रुपैयाँ किलोमा पनि विक्री नभएपछि कञ्चनपुरका  किसानहरु  कुखुरा नष्ट गर्न बाध्य भएका छन्  भने  आहारा अभावका कारण उनीहरुले हजरौ चल्लाहरु खाल्टोमा पुरिदिएका छन् ।

बिक्री ठप्प हुँदा निःशुल्क रुपमा केरा वितरण गर्दै आएका छन् ।

लकडाउनमा एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म पनि आउजाउ गर्न रोक लगाएपछि झनै कठिन अवस्था भएको हो

यसरी बजार नखुल्दा  किसानले व्यहोरेको क्षतिलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयले व्यहोर्ने गरी राहतको योजना बनाइरहेको छ ।

कृषिमन्त्री घनश्याम भुसालको सचिवालयकी सदस्य गंगा आचार्यका अनुसार अहिले दूध र कुखुरापालक किसानले बढी क्षति व्यहोरेको विषय सुनिएकाले सोहीअनुसार राहतको कार्यक्रम तयार गरेको छ । उनले भने, ‘मन्त्रालय खासगरी साना किसानलाई यो पेसाबाट पलायन हुन नदिने गरी राहतको कार्यक्रम घोषणा गर्ने योजनामा जुटेको छ ।’

मन्त्रालयले लकडाउन खुलेपछिको एक महिनामा अघिल्लो महिनाले किसानले बिक्री गरेको परिमाणकै आधारमा दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिने प्रस्ताव गरेको छ ।

त्यस्तै, ५ हजार कुखुरा बिक्री गर्ने किसानलाई ब्रोइलरतर्फ एक लटका लागि प्रतिकुखुरा ६० रुपैयाँ र लेयर्सतर्फ प्रतिगोटा १ सय २० रुपैयाँ अनुदान दिने प्रस्ताव गरेको छ । किसानले एक लटको कुखुरा मात्र खेर गएको हो भन्ने आधारमा यो अनुदान रकमको प्रस्ताव गरिएको छ । नया पत्रिकाबाट***

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया