मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो । विश्वभर माहामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण जापानमा पनि संक्रमण हुनेहरुको संख्या निरन्तर बढिरहरको छ । बुधबार एकै दिनमा जापानका विभिन्न स्थानमा गरि ५०० जनाभन्दा बढिमा संक्रमण पुष्टि भएको जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।

बुधबार टोकियोमा १४४ जना, कानागावा ६७ जना, साइतामामा ३४ जना, ओसाकामा ४३ जना र फुकुओका २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यि स्थानहरु जापान सरकारले आपतकाल घोषणा गरेका प्रिफेक्चरहरु हुन् ।

जापानमा सबैभन्दा धेरै प्रभावित बनेको टोकियोमा हालसम्म १३३८ जना टोकियोलाई पच्छ्याइरहेको र ओसाकामा ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहिबार बिहानसम्मको तथ्यांक अनुसार जापानभरमा ४ हजार ९ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ सय ५ जनाको कोरोना भाइरसकै कारण मृत्यु पुष्टि भएको छ ।***

तपाईको प्रतिक्रिया