मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो –हालसम्म विश्वका ६० भन्दा बढि मुलकुकहरुमा संकटकालको घोषणा गरिएको छ । चिनको वुहान सहरबाट सुरु भई विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानका विभिन्न ७ प्रान्तहरुमा समेत संकटकालको घोषणा गरिएको छ ।

जापानी प्रधानमन्त्री सिञ्जो आबेले औपचारिक रुपमा नै आपतकालको घोषणा गरेका छन् । आपतकाल टोकियो, कानागावा, चिबा, साइतामा, ओसाका, ह्योगो र फुकुओका प्रिफेक्चरमा मे ६ सम्म लागू हुनेछ ।

आपतकालको यो समयमा ति क्षेत्रका बासिन्दाहरुलाई घरमै बस्न र अत्यावश्यक बाहेक बाहिर ननिस्कन अनुरोध गरिएको छ । यो एक अनुरोध हो, कसैलाई पनि बाध्यता भने छैन ।

‘अत्यावश्यक कामहरु’मा अस्पताल जाने, खानेकुरा किन्ने र काममा जाने जस्ता आधारभूत चिजहरु पर्दछन् । गभर्नरहरुलाई गैर-अत्यावश्यक लागेका व्यवसायहरु विस्तारै संक्रमण नियन्त्रणका उपाय लागू गरेर बन्द गर्न आग्रह गर्ने अनुमति पनि छ । यी व्यवसायहरु बन्द हुन पनि सक्छन् । सरकारको आग्रह पालना गर्ने वा अनुरोध नमान्ने आवासीहरुलाई जरिवाना तिराउने कानूनी अधिकार भने सरकारसंग छैन ।

अनुरोध उल्लंघन गर्नेहरु सार्वजनिक रुपमा नै लज्जास्पद हुने भएकोले पनि यो अनुरोधले काम गर्ने आशा गरिएको छ । अनुरोध मान्न अस्वीकार गर्ने व्यवसाय र कम्पनीहरुको नाम पनि सरकारले सार्वजनिक गर्न सक्ने अधिकार राख्छ । सरकारले आवश्यक देखेमा अस्पतालहरुमा बिरामीहरुको प्रवाह धेरै भयो भने कानूनीरुपमा वा जर्बजस्ती कसैको निजी सम्पत्तिलाई औषधि उपचारका काममा प्रयोग गर्न सक्छन् ।

व्यक्तिगत कम्पनीहरुलाई बन्द गर्नेपर्छ भन्ने बाध्यता लगाइने छैन तर संकटकालको घोषणासंगै उनीहरुलाई बन्द गर्न वा टेलि-वर्कमार्फत घरबाटै काम गराउन बाध्य पार्ने विश्वास सरकारको छ ।

प्रान्त सरकारहरुले शैक्षिक संस्थाहरुलाई बन्द गर्न आग्रह वा आदेश दिन पाउँछन्, धेरै मानिसहरु जम्मा हुने स्थानहरु बन्द गराउन वा जान निषेध गर्न पनि पाउँछन् । उनीहरुले डेलिभरी सम्बन्धि काम गर्ने कम्पनीहरुलाई आवश्यकता अनुसार स्वास्थ्य उपकरण तथा सामाग्री ढुवानीका लागि आग्रह गर्न पाउने अधिकार समेत प्रान्तिय सरकारसंग रहनेछ ।

घरमै बस्न टोकियो गभर्नरको आग्रह

मंगलबार जापानी प्रधानमन्त्री सिन्जो आबेले आपतकालको घोषणा गरेसंगै टोकियो गभर्नर युरिको कोइकेले टोकियोबासीलाई घरमै बस्न आग्रह गरेकी छन् । उनले आज मध्यरातदेखि सुरु भई आगामी ६ तारिखसम्म अति आवश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह गरेकी हुन् ।

कोरोना भाइरसको जोखिम बढिरहेका ७ वटा प्रान्तमा आज आपतकाल घोषणा गरिएको छ, आपतकाल घोषणा गरिएकोमध्ये एक टोकियोमा मंगलबार मात्रै ८० नयाँ संक्रमितहरु थपिएका छन् भने हालसम्म संक्रमित हुनेहरुको संख्या ११९६ जना पुगेको छ ।

‘घरमै बस्नुस्’, गभर्नर कोइकेले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भनिन् – ‘मैले यो कुरा धेरैपटक भनिरहेकी छु । हामीले हामी, हाम्रो परिवार र हामीलाई माया गर्नेहरुको जिबन रक्षाका लागि यो काम गर्नैपर्छ ।’ ***

तपाईको प्रतिक्रिया