Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – सबै महिलाहरुलाई आफ्नो कपाल लामो र सुन्दर बनाउन मन पर्छ । तर चाहेर पनि बनाउन सकीरहेका हुँदैनो । हामीले आफ्नो शरीरमा जुन चिज प्रयोग गर्छौ उसको प्रभाव हाम्रो कपालमा पनि पर्नसक्छ । कपाल राम्रो गराउनु भन्दा पनि पहिला झर्न रोक्नु पर्छ ।

कपालको हेरविचार

कपाल धुने तरीका परिर्वतन गर्नेः हप्तामा तीन पटक भन्दा धेरै धुनु हुँदैन । कपाल चिसो वा सहन सक्ने पानीले धुनु पर्छ ।

कपाल बिस्तारै सुकाउनेः कपाललाई टावेलले झटकेर सुकाउनु हुँदैन । कपाल भोएर टावेलले विस्तारै थपथपाएर सुकाउने र हावामा आफै सुक्न दिने ।

कपालमा कडा केमिकल्सको प्रयोग नगर्नेः केही कर्मशियल स्याम्पुमा सल्फेट पाइने हुनाले कपालबाट प्राकृतिक आयल निकाली दिन्छ यसबाट कपाललाई हानी गर्छ । कपाललाई बलियो बनाउन राम्रो स्याम्पुको प्रयोग मात्र गर्ने ।

सबै प्राकृतिक हेयरस्टाइलिंग प्रविधि र उत्पादनहरुको प्रयोग गर्नेः

हानी नगर्ने सामाग्रीबाट बनाएको हेयर जेलको प्रयोग गर्दा कपाल नष्ट हुँदैन ।

दुई हप्तामा एक पटक कपालमा हेयर मास्क लगाउनेः यसले कपालबाट नमी निक्लिए पछि हुने हानीलाई कम गर्छ । यसको प्रयोगबाट कपाल नरम, मुलायम र स्वस्थ अनुभव हुन्छ ।

बाहीरी प्रदुषणबाट जोगाउनेः लामो समय घाम वा उच्च वायु प्रदुषण हुने स्थानमा जानु पहिले नै कपाल छोप्नुपर्छ ।

तपाईको प्रतिक्रिया