Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – बुटवल धागो कारखानामा निर्माण गरिएको काेरोना विशेष अस्पतालमा १६ चैतमा मृत्यु भएका बाबुराम थापाको शव अझै उठेको छैन ।

पाल्पा रब्दीकोट गाउँपालिका–५ घर भई रुपन्देहीको सैनामैना नगरपालिकामा अस्थायी रूपमा बस्दै आएका थापा १३ चैतमा अस्पताल भर्ना भएका थिए । वैदेशिक रोजगारीबाट फर्किएका थापामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो । तर, रिपोर्ट नआउँदै उनको १६ चैतमा मृत्यु भएको थियो ।

कोरोनाको कारण मृत्यु भएको आशंकामा मृत्यु भएकाे दिन कोही पनि आफन्त अस्पताल आएनन् । मृत्यु भएको दोस्रो दिन भने उनलाई कोरोना नभएको रिपोर्ट आयो ।

आवश्यक स्वास्थ्य उपकरण र जनशक्तिको राम्रो प्रबन्ध नगरिएको स्थानमा राखेर उपचारमाहेलचेक््रयाइँ  गरेको भन्दै अहिले थापाकी श्रीमती रीताले मृत्युको कारण खुलाउन र क्षतिपूर्ति दिन माग गरेकी छिन् । मृत्युको कारण र क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव नउठाउने पनि उनले स्पष्ट पारेकी छिन् । तर, लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पनि थापाको के कारणले मृत्यु भएको हो भन्ने थाहा पाउन नसकिएको बताए ।

तपाईको प्रतिक्रिया