Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – जापान सरकारले ५ करोड घरपरिवारलाई धोएर पुनः प्रयोग गर्न मिल्ने मास्क उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शिन्जो आबेले बुधबार यस्तो घोषणा गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढेसंगै बजारमा डिस्पोजेबल मास्कको अभाव उत्पन्न भएपछि प्रत्येक घरधुरीलाई दुई-दुई वटा मास्क हुलाकबाट पठाईने प्रधानमन्त्री आबेले बताएका हुन् ।
यस्तो मास्कको वितरण गर्न यो महिना देखि नै सुरु गरिने बताईएको छ । कोरोना भाइरस रोकथामका लागि बनेको सरकारी कार्यदलको बैठकपछि प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।
मास्क उपलब्धताले भाइरस संक्रमण फैलिनबाट जोगिने अपेक्षा गरिएको प्रधानमन्त्री आबेले बताए । मास्क लगाएका प्रधानमन्त्री आबेले भने -’हामीले सर्बप्रथम कोरोनाबाट अति प्रभावित क्षेत्रमा मास्क वितरण गरिने छ, त्यसपछि अन्य क्षेत्रमा पनि वितरण कार्य जारी राखिने छ ।’
जापानको जनसंख्या १२ करोड ६० लाख रहेको छ ।***

तपाईको प्रतिक्रिया