Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – इजरायलले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार इजरायलले आफ्नो जैविक रसायन प्रयोगशालामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको हो ।

प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको आदेशअनुरुप इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर)ले कोरोना भाइरसविरुद्धको भ्याक्सिन र उपचारका बारेमा अनुसन्धान थालेको थियो । मुलुकमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि हुनुपूर्व नै प्रधानमन्त्री नेतान्याहुले आईआईबीआरलाई भ्याक्सिन र औषधिबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

त्यही निर्देशनअनुसार नै इजरायलको नेस जिओनामा रहेको प्रयोगशालाले भ्याक्सिनको निर्माण र परीक्षण सुरु गरेको हो । प्रधानमन्त्री बेन्यामिनको कार्यालयमार्फत जारी गरिएको वक्तव्यमा आईआईबीआरका निर्देशक श्मुएल शापिराले भ्याक्सिनको निर्माणमा र परीक्षणमा महत्वपूर्ण उपलब्धि हासिल भएको र छिट्टै नै जनावरमा परीक्षण गरिने जानकारी दिएका छन् ।

आईआईबीआरले मुसा जातिको जनावरमा भ्याक्सिनको परीक्षण सुरु गरिसकेको छ । तर मुसा जातिको कुन जनावरमा परीक्षण सुरु गरिएको हो भन्नेबारे भने आईआईबीआरले केही जानकारी दिएको छैन ।

तपाईको प्रतिक्रिया