Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – गुणस्तरमा आशंका गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी ग्रुपमार्फत चीनबाट झिकाइएको कोभिड—१९ र्‍यापिड डायग्नोष्टिक किट तत्काल प्रयोग नगर्न निर्देशन दिएको छ ।

यसबाहेक मन्त्रालयले विभिन्न ठाउँबाट व्यक्तिगत तथा निजी संस्थामार्फत ल्याइएको यस्ता किटको प्रयोग पनि निषेध गरेको छ ।

स्वास्थ्य मन्त्रालय स्वयंले १२ चैतमा ओम्नि ग्रुपमार्फत चीनबाट ६ लाख अमेरिकी डलर मुल्य बराबरका ७५ हजार थान र्‍यापिड डायग्नोष्टिक किट खरीदको सम्झौता गरेको थियो ।

मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले विश्व स्वास्थ्य संगठन र सरकारको मापदण्ड विपरीतका किटहरु भित्रिएको सुन्नमा आएका कारण परीक्षण बेगर यसको प्रयोग नगर्न निर्देशन दिएको बताए ।

विभिन्न मुलुकमा यस्ता किट बन्न गरेको तर सबै डब्लूएचओ मापदण्ड अनुसार नभएका कारण गुणस्तरमा शंका गर्नु परेको बताउँछन् ।

गुणस्तर यकिन नभएका किटमार्फत गरिएको परीक्षण उल्टो पनि हुनसक्ने र यसले झन् भयावह स्थिती निम्तिनेमा सरकार चनाखो भएको दाबी गर्छन् । कार्कीका अनुसार, किट मात्र होइन, सरकारले अनुमति दिएका प्रयोगशाला बाहेकबाट गरिने कोभिड–१९ परीक्षण पनि आधिकारिक नहुने बताउँछन् ।

तपाईको प्रतिक्रिया