Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – तपाइहरूलाई आँफ्नो स्किनलाई कसरी केयर गर्न सकिन्छ भन्ने चिन्ता बढी रहेको हुनसक्छ । तपाँईलाई त्यस्तो चिन्ता लागेको छ भने अब बिभिन्न घरेलु उपाएबाट पनि तपाईले आँफ्नो स्किनलाई केयर राख्न सक्नु हुनेछ । जसको लागि तपाँईले बिभिन्न उपाए अपनाउदा समधानका लागि स्वंयमले सजकता अपनाउनुपर्ने देखिन्छ ।

छालालाई कसरी बचाउने ?

नुहाउँदा तातो पानी प्रयोग नगर्ने

तातो पानीले शरीरमा हुने प्राकृतिक तेल नाश गरेर छाला रुखो बनाउँछ । चिसो मौसममा तातो पानीले नुहाउन सजिलो भएपनि यसले छालालाई रुखो तथा फुस्रो बनाउँछ ।

मस्चराइजर लगाउने

छाला स्वस्थ राख्ने हो भने नुहाएलगत्तै मस्चराइजर लगाउनु जरुरी छ । नुहाएपछि पूरै शरीरमा मस्चराइजर गर्नुपर्छ । पहिलोपटक लगाएको एक घन्टापछि पनि छालामा रुखोपन देखियो भने दोस्रोपटक मस्चराइजर लगाउनुपर्छ ।

पानीमा तेलको मिश्रण

नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राम्रो हुन्छ । यसले छाला नरम बनाएर राख्छ ।

बास्नादार साबुन प्रयोग

साबुन जति बास्नादार हुन्छ उति नै केमिकल मिसाइएको छ भन्ने जान्दा हुन्छ । केमिकलयुक्त साबुनले छाला रुखो बनाउँछ । साबुन प्रयोग नै गर्ने भए घ्युकुमारी र निमबाट बनेको रोेज्दा अति उत्तम देखिन्छ ।

हनी प्याकको प्रयोग

मह छालाका लागि निकै नै उपयोगी चिज हो । मह र दहीको प्याक बनाएर पूरै शरीरमा लगाउने र सुकेपछि नुहाउँदा छाला रुखो बन्दैन । तीन हप्तामा एकपटक यसो गर्दा सकारात्मक परिणाम आउँछ ।

छालालाई स्वस्थ कसरी राख्ने ?

छालालाई कसरी राम्रो देखाउने वा स्वस्थ कसरी राख्ने भन्ने बारेमा धेरैले अनेक थरि उपाय गरिरहेता पनि केही यस्ता सामान्य तरिका साथै घरमा सधैजस्तो प्रयोग भइरहने सामान अनि खानेकुराहरु प्रयोग गरेर पनि छालालाई राम्रो अवस्थामा राख्न सकिन्छ । छालाको गोरोपनको साथै चमक ल्याउन भिटामिनहरु र पानीको प्रशस्त सेवन जरुरी हुन्छ। सकेसम्म सुर्यको प्रकाशबाट बचाउने गर्नुपर्छ संवेदनशील छालालाई ।

भिटामीन सी युक्त खानेकुरा सेवन गर्नुहोस

भिटामीन सी ले छालाको रंगको गुणस्तर बढाउछ साथै छालाको मुलायमता कायम राख्दछ। छालालाई बलियो बनाइराख्न चाहिने आधारभुत प्रोटिन कोलाजेन निर्माणको लागि पनि भिटामिन सी महत्वपुर्ण मानिन्छ।

के के बाट पाइन्छ भिटामिन सी ?

अमिलो प्रजातिका फलफुलहरु भिटामिन सी को स्रोतको रुपमा मानिन्छ। कागती, सुन्तला लगायत स्ट्रबेरी, गोलभेंडा आदि सेवनबाट शरीरले भिटामिन सी पाउछ । भिटामिन सी को चक्कीहरु पनि पाइन्छ खानको लागि। दिनको २५० मिलीग्राम भन्दा बढी नहुने गरी वा चिकित्सकले भनेको मात्रा अनुसार दैनिक सेवन पनि गर्न सकिन्छ।

भिटामिन ए युक्त खानेकुरा सेवन गर्नुहोस

छालाको रेटिनोल जुन भिटामीन ए को मद्दतले मजबुत बन्छ, छालालाई नै स्वस्थ तथा बलियो बनाउँछ । छाला लुज छ र टाइट गर्न चाहनुहुन्छ भने भिटामिन ए चाहिने हुन्छ । भिटामिन ए अण्डाको पहेलो भाग, दुध तथा बेटा क्यारोटीन भएका खानेकुरामा पाइन्छ, जसले सुर्यले पुर्याउने असरलाई कम गर्दछ। गाँजर, खरबुजा, मेवा, गोलभेडां आदी सेवन गर्नुहोस ।

तपाईको प्रतिक्रिया