Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसले मानव जातिलाई त्रसित बनाइरहेका बेला पहिलो पटक बेल्जियममा घरमा पालिएको बिरालोमा पनि कोरोना संक्रमण भएको पुष्टि गरिएको छ ।

बेल्जियमका स्वास्थ्य अधिकारीहरुले कोरोना संक्रमित मालिकबाट बिरालोमा कोरोना भाइरसको संक्रमण भएको बताएको हफिङ्‌टन पोस्टले जनाएको छ ।  ‘भर्खरै लिगस्थित भेटेनरी चिकत्सा विभागले बिरालोमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेका हुन्,’ भाइरोलोजिस्ट स्टेभेन भान गाउचले संघीय जनस्वास्थ्य सेवामा आयोजित पत्रकार सम्मेलनमा भने । ब्रसेल्स टाइम्सले लेखेको छ, ‘बिरालो आफ्नो मालिकसँग बस्दै आएको थियो । बिरोलोलाई लक्षण देखिनुभन्दा एक साता अघि मालिकलाई पनि कोरोना लक्षण देखिएको थियो ।’

बिरालोलाई झाडापखाला, वान्ता र श्वासप्रश्‍वासमा समस्या भएको र अनुसन्धानकर्ताहरुले बिरोलोको दिशा जाँच गर्दा कोरोना भएको पुष्टि गरेका हुन् । शनिबार बिरालो र मालिक दुवैको अवस्था ठिक रहेको जनाइएको छ । ‘यो एक फरक केस भएकोमा हामी जोड दिन चाहन्छौं,’ भान गाउचले भने, ‘यो केस मानवबाट जनवारमा पनि कोरोना संक्रमण हुन्छ भन्‍ने कुरा पत्ता लागेको छ । जनावारबाट मानव संक्रमण हुने जोखिम निकै कम छ ।’

यसअघि हङकङमा दुई कुकुरमा भाइरस संक्रमण भएको थियो । जसमध्ये एउटामा संक्रमण भएको र लक्षण देखिएको थिएन । तर, अहिले देखिएको बिरालोमा भने भाइरसको संक्रमण पनि भएको लक्षण पनि देखिएका छन् । ‘अहिलेसम्म जनावरबाट मानिसमा संक्रमण भएको कुनै प्रमाण फेला परेको छैन । तर, एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको छ । जनावरबाट मानिसका सरेको भन्‍ने आधार छैन,’ क्यालिफोर्निया विश्वविद्यालयको भेटेरिनरी मेडिकल विभागका प्रमुख ज्यान साइक्सले भनिन् ।

तपाईको प्रतिक्रिया