Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारदेखि कोरोना भाइरस (कोभिड-१९)को परीक्षण सुरु भएको छ । यो परीक्षण राजधानी बाहिर पहिलोपटक हुन लागेको हो ।

प्रतिष्ठानको मोलिकुलर बायोलजी युनिट अन्तर्गत प्रा।डा।नारायण भट्टराईको नेतृत्वमा कोभिड-१९ संक्रमण भए-नभएको यकिन गर्न पीसीआर (पोलिमर चेन रियाक्सन)परीक्षण सुरु भएको हो ।

अहिले अस्पताल भर्ना भएका तीन बिरामीको घाँटीको र्‍यालको नमुनाबाट परीक्षण गर्न थालिएको प्रतिष्ठानका इन्टरनल मेडिसिन विभागका प्रमुख प्रा. डा. संजिवकुमार शर्माले जानकारी दिए । उनका अनुसार अब एउटा लटमा १२ जनाको थ्रोट स्वाव (घाँटीको र्‍यालको नमुना)को परीक्षण सकिने छ ।

प्रदेश नम्बर १ र २ बाट संकलित नमुनाहरु प्रतिष्ठानमा ल्याइनेछ । यसअघि प्रतिष्ठानमा ८० जना शंकास्पद कोभिड-१९ को बिरामीको परीक्षणका लागि २० वटा घाँटीको र्‍यालको नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।ती नमुना मध्ये १७ जनामा कोरोना देखिएन । तीन ३ वटा नमुना परीक्षणको परिणाम आउन बाँकी रहेको डा.शर्माले बताए ।

तपाईको प्रतिक्रिया