Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – अमेरिकाको अर्को एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । योसँगै १ सय ९९ देश र दुई वटा पानी जहाजमा कोरोना सङ्क्रमित भेटिएका छन् ।

यसअघि जापानको योकोहामामा पुगेको अन्तराष्ट्रिय पानीजहाजमा कोरोना सङ्क्रमित भेटिएका थिए । अहिलेसम्म ५ लाख ९७ हजार १ य ८५ जना सङ्क्रमित भएका छन् । जसमध्ये १ लाख ३३ हजार ३ सय ६० जना उपचारपछि निको भएका छन् भने ४ लाख ३६ हजार ४ सय ६६ जनाको उपचार चलिरहेको छ ।

२७ हजार ३ सय ५९ जनाको ज्यान गएको छ । अमेरिकामा मात्रै एक लाख भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । अमेरिकामा सङ्क्रमितको संख्या १ लाख ४ हजार १ सय ४२ जना पुगेको हो । अमेरिकामा मात्रै १ हजार ६ सय ९६ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै इटालीमा ९ हजार १ सय ३४ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया