Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो ।

उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । डा देवकोटाका अनुसार ती व्यक्ति चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

दुबईबाट आएका उनी ३४ वर्षका छन् । उनको अवस्था खतरामुक्त रहेको डा देवकोटाले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले साँझ आक्मिक ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो ।

मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८ सय २ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो । तर साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण देखिएको रिपोर्ट आएपछि मन्त्रालयले दोस्रो ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो ।

तपाईको प्रतिक्रिया