Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – शरीर रोगमुक्त र स्वस्थ राख्नको लागि पानी अत्यावश्यक पदार्थ हो । तर असन्तुलितरुपमा पानी पिएमा भने असर गर्छ ।

आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले मिर्गौलामा दवाब पर्न सक्छ ।

पानीको ओभरडोजले तपार्इंको शरीर भित्रको सेलहरु ड्यामेजपनि हुन सक्छ ।

बिरामीहरुले आवश्यक भन्दा बढी पानी पिए त्यसले स्वास्थ्यलाई असर गर्छ ।

आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले पेट भित्रको पाचन रसले काम गर्न छोड्छ । त्यसपछि थप समस्या उत्पन्न हुन सक्छ ।

एकदिनमा स्वस्थ मानिसले कुन बेला, कसरी र कति पानी पिउनु पर्दछ ?

एक स्वस्थ मानिसले दैनिक कति पानी पिउनु पर्दछ ? सामान्य त स्वस्थ व्यक्तिको शरीरमा प्रतिदिन २.५ लिटर पानी छिर्छ र त्यति नै पानी बाहिर निस्कने गर्दछ भन्ने मान्यता छ । खाएर होस या भित्र नै बनेर होस ।

त्यसको हिसाव यस्तो छ

मानिसले दैनिक १.२ लिटर पानी खान्छ । थप एक लिटर सोलिट फुडबाट शरीरमा जान्छ । त्यो भनेको हामीले खाने दाल, भात, तरकारी आदिबाट । पानी र सोलिड फुडबाट गरी शरीरमा २.२ लिटर भयो ।

अब बाँकी ३०० एमएल पानी अक्सिटेसन रिडक्सन (पानी बन्ने प्रक्रिया भन्दा अघिल्लो अवस्था) बाट निस्कन्छ छ ।

 

तपाईको प्रतिक्रिया